जसलाई भाग्यले बचायो

६ बैशाख २०७१, शनिबार ०७:०९ मा प्रकाशित

काठमाडौं, ६ वैशाख । ‘भाग्यले बाँचेँ,’ शुक्रबार बिहान सगरमाथामा गएको हिमपहिरोमा परेर बाँच्न सफल सोलुखुम्बु वाकु–४ का २२ वर्षे दावाटासी शेर्पाले ग्रान्डी अस्पतालमा बिहानको घटना सम्भ्किए, ‘साथीहरूलाई गुमाउँदा दुःखी छु।’
समिट नेपाल ट्रेकिङ प्रालिले व्यवस्थापन गरेको ज्याग्ड ग्लोब एभरेस्ट एक्सपिडिसन २०१४ आरोहण दलको सहयोगीका रूपमा सँगै सगरमाथा गएका दावाटासीका साथी सोलुखुम्बु सोताङ–९ का आशमान तामाङलाई भने हिउँले खाइदियो।

‘बिहान ३ बजे हामी सातजना आधारशिविरबाट उकालो लाग्यौं। अगाडि नै सयजना जति गइसकेका थिए। म सबैभन्दा पछाडि थिएँ,’ दावाले भने, ‘लहरै हिँडिरहेका थियौं, माथिबाट एक्कासि हिउँको पहिरो झर्दै गरेको देखियो। न अगाडि जानु, न पछाडि भाग्नु, सबैजना एकै डल्लो परेर बस्यौं। एकै निमेषमा हिमपहिरोले छोपियौं।’ दावाटासीको भने कम्मरमुनि मात्र पुरिएको थियो।

‘त्यसपछि केही थाहा भएन, होस खुल्दा आधा जिउ पुरिएको देखेँ। अरू साथी कता पुगे कता,’ कहालिलाग्दो घटना सुनाउँदै उनले भने, ‘सहयोगका लागि चिच्च्याएँ, केही बेरमा माथिबाट गाइडहरू आएर उद्धार गरी आधारशिविर झारे।’
उनको दायाँ हात, अनुहार, खुट्टा र करङमा बढी चोट छ। ‘हिउँले टाउको नछोपिएर सास फेर्न पाउँदा भाग्यले बाँचेँ,’ उनले सुनाए, ‘धेरैपल्ट सगरमाथा आएको थिएँ, पहिलो चोटि यस्तो भयो।’ नागरिक दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो

काठमाडौं।देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न