सोसल मिडिया, अभिव्यक्ति अस्त्र

६ बैशाख २०७१, शनिबार ०७:०६ मा प्रकाशित

काठमाडौं, ६ वैशाख । एकीकृत माओवादी नेता बाबुराम भट्टराईलाई ‘नयाँ शक्तिुको प्रचार गर्न खुलामञ्चमा आमसभा गर्नुपरेन। उनले हरेक दिन सामाजिक सञ्जालमार्फत आफ्ना विचार प्रवाह गरे। प्रतिक्रिया सुने। आफ्नो र आफूलाई राम्रो लागेका लेख–रचना सेयर गरे।

‘परिवर्तनको राजनीति गर्नेले जनतासँग नजिक हुनैपर्छ। जनता जहाँजहाँ पुगे, त्यहाँत्यहाँ पुग्नैपर्ने ठानेर नियमित सामाजिक सञ्जाल प्रयोग गर्छु,’ भट्टराई भन्छन्।

उच्च तहका नेतामध्ये सामाजिक सञ्जालमा सबैभन्दा सक्रिय भेटिन्छन् उनी। यसमा उनलाई जनताको साथ पनि धेरै छ। शुक्रबारसम्म उनको फेसबुक पेजलाई ४ लाख २८ हजारभन्दा बढीले लाइक गरेका छन्। ट्विटरमा उनका फलोअर ५३ हजार छन्। उनका हरेक ‘स्टाटसु सेकेन्डभरमा सयौंले ‘लाइकु गर्छन्। ‘सेयरु गर्छन्। ‘कमेन्टु ठोक्छन्।

आफ्नो विचार पढ्ने र प्रतिक्रिया जनाउनेको संख्या उल्लेखनीय रूपमा बढ्न थालेपछि सोसल मिडियाप्रति उनी अझै आकर्षित छन्। अर्का पात्र छन् जैसन कुँवर। नाइट ब्यान्डका सदस्य।

युट्युबमा नाइट ब्यान्डको दुईवटा गीत लोकप्रिय बन्दैछ — ‘तुइनको छ है भरु र ‘कठोरु। ब्यान्डका सदस्य एवं भिडियो परिकल्पनाकार कुँवरले यी गीत रेडियो र टेलिभिजनमा प्रसारण भएको कहिल्यै थाहा पाएनन्। कसैले कुनै स्टेसनमा सुनेको प्रतिक्रिया दिएका पनि छैनन्। तर, युट्युबमा सुन्ने र सेयर गर्नेको संख्या ५० हजार नाघेको छ।

‘रेडियोरटेलिभिजनले स्थान नदिएको गीतबाट जस्तो प्रतिक्रिया पायौं, त्यो छक्कै तुल्याउने खालको छ,’ पेसाले चार्टर्ड एकाउन्टेन्ट भए पनि सांगीतिक ब्यान्डमा सक्रिय कुँवर सामाजिक सञ्जालबाटै सफलता पाउने क्रममा छन्।

यी दुई पात्रमध्ये नेता भट्टराई मूलधारका मिडियामा छाइरहेका छन्, खोजिइरहेका छन्। उनलाई आफ्नो अभिव्यक्तिका लागि सोसल मिडियामै भर पर्नुपर्ने अवस्था छैन। नाइट ब्यान्ड आफ्नो सिर्जनालाई मूलधारका मिडियाले उपेक्षा गरेको ठान्छ। र, यही उपेक्षाको विरोधस्वरुप वैकल्पिक मिडियाबाट प्रकट हुन्छ।
अति खोजिने (भट्टराई) र सजिलै स्थान नपाउने (कुँवर) दुवैथरीका निम्ति ‘आफ्नो माध्यमु बन्दैछ सोसल मिडिया।

जसरी पचास दशकको प्रारम्भमा एफएम स्टेसनहरू सर्वसाधारणको आवाज बन्यो, आज त्यस्तै खालको वा त्योभन्दा सशक्त भूमिकामा छन् सोसल मिडियाहरू। त्योभन्दा सशक्त यसकारण कि एफएममा विचार प्रवाहभन्दा मनोरञ्जन प्राथमिक थियो। गीत सुन्ने र सुनाउने बहानामा थोरबहुत समसामयिक विषयमा पनि चर्चा हुन्थे ।

ब्लग, फेसबुक, ट्विटरजस्ता सोसल मिडिया भने मूलतः विचारप्रधान छन्। सोसल मिडियामा हुने यही वैचारिक बहसले आन्दोलनको रूप लिएको उदाहरण पनि छ। महिला हिंसाविरुद्ध सय दिन नाघेको ‘अकुपाई बालुवाटारु अभियानलाई जोड्ने कडी सामाजिक सञ्जाल नै थियो। ट्विटर र फेसबुकमा भएको विचार आदानप्रदानले नै यो आन्दोलनमा ऊर्जा भर्ने काम गरेको हो।

आज स्थिति कस्तो भइसक्यो भने समसामयिक राजनीतिदेखि देश–दुनियाँका कुनै पनि हालचालमा झटपट आफ्नो विचार प्रवाह गर्ने बलियो माध्यम बनेको सोसल मिडियालाई मूलधारको सञ्चारमाध्यमले पनि नजरअन्दाज गर्न सक्दैन। त्यही भएर प्रत्येक अखबार, पत्रिका वा सञ्चारमाध्यमका आफ्ना फेसबुक पेज छन्, ट्विटर अकाउन्ट छन्, जसमार्फत उनीहरू एकखालको सामाजिक अन्तर्क्रिया गरिरहेका हुन्छन्।

र, त्योभन्दा महत्वपूर्ण, विचारको माध्यमबाट जोडिन चाहने प्रत्येकले सोसल मिडियामा एकअर्कालाई पछ्याइरहेका छन्, अर्काको कुरा सुन्न, आफ्नो सुनाउन।
अहिले त विषयगत रूपमा ट्विट गर्नेको संख्या पनि बढेको छ। समीरमणि दीक्षितलाई फलो गर्नेले मौसमसम्बन्धी जानकारी पाउँछन्। चन्दन सापकोटाले आर्थिक विषयमा गहन टिप्पणी लेखेका हुन्छन्।

उनले सेयर गर्ने लेखहरू पनि त्यस्तै हुन्छ। सेमन्त दाहाल कानुनी तथा संवैधानिक विषयमा ट्विट गर्छन्। आकार अनिल प्रविधिबारे जानकारी दिन्छन्। दमाकान्त जैसी राजनीतिक घटनाक्रमबारे टिप्पणी गर्नुका साथै अन्तर्राष्ट्रिय विषयवस्तुका सामग्री सेयर गर्छन्। समाजप्रति व्यंग्य तथा भाषाको विषयमा केदार शर्माको विचार पठनीय हुन्छ।

सोसल मिडियामा चर्चित नामहरूको सूची लामो छ। उनीहरूले सोसल मिडियालाई वास्तविक अर्थमा विचार विमर्शको थलो बनाएका छन्।
लोकतन्त्रको आधारभूत दर्शन भनेकै जनता सर्वेसर्वा हुनु हो। लोकतन्त्रमा जनताले बोल्न पाउँछन्, उनीहरूको कुरा सुनिन्छ। सोसल मिडियाले पनि राजनीतिदेखि सामाजिक र जनचासोका प्रत्येक विषयमा प्रत्येक नागरिकलाई सही अर्थमा अभिव्यक्ति स्वतन्त्रता दिएको छ।

उनीहरूले आफ्नो कुरा मूलधारको कुन सञ्चारमाध्यममा आउला भनेर कुरेर बस्नुपर्दैन। आफ्नो व्यथा र वेदना कुन सञ्चारमाध्यममा गएर पोखुँ भनेर टोलाउनुपर्दैन। विचार फुर्‍यो कि त्यसलाई अभिव्यक्त गर्ने असीमित मञ्च खुला छ, जहाँ हरेक दिन सयकडौं विचारले विमर्शको रूप लिइरहेको हुन्छ। जहाँ हरेक सरकारी निर्णय र राजनीतिक दलका क्रियाकलापमाथि टीकाटिप्पणी हुन्छ। मूलधारका सञ्चारमाध्यम भनिनेहरूले छापेका विषयवस्तुको समीक्षा गर्ने थलो पनि यही बनेको छ।

‘सोसल मिडियामा हुने विचार आदानप्रदान नै लोकतान्त्रिक पद्धतिको आकर्षक नमुना हो,’ पत्रकार युवराज घिमिरेले हालै सोसल मिडियाको प्रयोगसम्बन्धी एक तालिममा भनेका थिए, ‘यसले सरकारी निर्णय र राजनीतिक घटनाक्रम मात्र होइन, कसैको विचारमाथि तुरुन्तै समर्थन वा विरोध जनाउने अवसर पनि दिन्छ। असली लोकतन्त्र भनेकै यही हो।’

सक्रिय ब्लगर तथा समाजशास्त्री सञ्जीव पोखरेल यसलाई अभिव्यक्ति स्वतन्त्रतासँगै ‘जवाफदेहीताको हस्तान्तरणु का रूपमा लिन्छन्।
‘पहिले राज्यका निकायहरूप्रति जवाफदेही हुनुपर्थ्यो, अहिले सोसल मिडियाको प्रभावले त्यसप्रति पनि जवाफदेही हुनुपर्ने अवस्था सिर्जना गराएको छ,’ उनी भन्छन्, ‘जो मान्छे सोसल मिडियामा छ, उसले विभिन्न मुद्दामा बहस गर्छ, जो छैन उसले पनि आफ्नो कामका बारेमा कस्तो टीकाटिप्पणी भइरहेको छ भनेर चासो लिनुपर्ने भएको छ।’

यसले हरेक व्यक्तिलाई राजनीतिक तथा सामाजिक गतिविधिका साथै मूलधारका भनिने सञ्चारमाध्यममा आउने समाचार र विचारमा आफैं संलग्न हुने अनौठोखाले अवसर दिएको उनको विश्लेषण छ।

‘कहिलेकाहीँ मिडियाले दबाउन खोजेका समाचारसमेत सोसल मिडियाले खोतलेका उदाहरण छन्,’ उनी भन्छन्, ‘नेपालमा समेत यस्ता उदाहरण देखिन थालेका छन्। डिजिटल माध्यमले निश्चित वर्गमा रहेको चेतना विस्तार गरेर आममानिसमा छरिदिएको छ।’

मानवशास्त्री सुरेश ढकाल पनि सहमत छन्। ‘निश्चित समुदायको कब्जामा रहेको स्रोतसाधनलाई आममानिसको पहुँचमा पुर्‍याइदियो डिजिटल माध्यमले,’ उनी भन्छन्, ‘यसले समाजलाई पहिलेभन्दा बढी लोकतन्त्रीकरण गर्‍यो।’

अर्का सक्रिय ट्विटर तथा पत्रकार लेनिन बञ्जाडे सोसल मिडियाले सामाजिक अन्तर्क्रियामा पहुँचको दायरा फराकिलो पारेको टिप्पणी गर्छन्। ‘डिजिटल मिडिया नहुँदो हो त अभिव्यक्ति र छलफलको माध्यम परम्परागत नै भइरहन्थ्यो, अन्तर्क्रियामा सबैको पहुँच हुँदैनथ्यो,’ उनी भन्छन्।

पक्कै पनि।
त्यही भएर सबैले सुन्न चाहने एकीकृत माओवादी नेता भट्टराई हुन् वा मूलधारका सञ्चारमाध्यमबाट उपेक्षित भएको ठान्ने गायक कुँवर, दुवैका लागि समाजसम्म प्रस्तुत हुने सजिलो माध्यम सोसल मिडिया नै बनेको छ। नागरिक दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण