राष्ट्रिय सहमतिको सरकारमा मात्रै सहभागी हुन्छौ: ओली

२१ बैशाख २०६९, बिहीबार १८:२८ मा प्रकाशित

काठमाडौं, २१ वैशाख । राष्ट्रिय सहमतिको सरकारका पक्षमा क्रियाशील रहदै आएको एमालेले प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वको वर्तमान सरकारमा सहभागी नहुने संकेत गरेको छ ।
एमाले स्थायी समितिको आज राजधानीमा बसेको बैठकले सरकार बिघटन गरेर नयाँ बन्ने राष्ट्रिय सहमतिको सरकारमा मात्रै सहभागी हुने अन्यथा सहभागी नहुने निर्णय गरेको हो ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै एमाले नेता केपी ओलीले बहुमतका आधारमा बनेको वर्तमान सरकारमा सहभागी नहुने बताए । ओलीले स्पष्ट पारे, ‘राष्ट्रिय सहमतिको सरकारमा मात्रै सहभागी हुन्छौ, बहुमतको सरकारमा एमाले सहभागी हुदैन, धारा ३७(१)को सरकारमात झन् एमाले कुनै हालतमा सहभागी हुदैन ।’
एमालेले सरकार बिघटन गरेर बन्ने सहमतिको सरकारमा मात्रै जाने उल्लेख गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टबीच वैचारिक, चरित्रगत तथा नीतिगत कार्यशैलीमा भिन्नता नरहेको बताएका

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

सिद्धार्थनगर । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको