एमाले महाधिवेशन : प्राविधिक तयारी सुस्त

६ बैशाख २०७१, शनिबार ०५:३८ मा प्रकाशित

काठमाडौं, ६ वैशाख । एमालेमा नयाँ नेतृत्वका लागि प्रमुख नेताहरूको दौडधुप तीव्र भए पनि महाधिवेशनको प्राविधिक तयारी सुस्त छ । महाधिवेशनका लागि पेस गर्ने प्रमुख राजनीतिक दस्तावेज तयार गर्नै नेताहरूलाई हम्मे परेको छ । दस्तावेज तयार नहुँदा शुक्रबारका लागि बोलाएको केन्द्रीय कमिटी बैठक पाँच मिनेट बसी वैशाख १० सम्मका लागि स्थगन भएको छ ।

एमालेले चैत मसान्तभित्र दस्तावेजको प्रारम्भिक मस्यौदा तयार गर्ने र वैशाख ५ बाट केन्द्रीय कमिटीमा छलफल चलाउने कार्यतालिका बनाएको थियो । जेठ २४ बाट राजधानीमा हुने नवौं महाधिवेशनका लागि निर्धारित कार्यतालिका प्रभावित भएको छ ।

अध्यक्ष झलनाथ खनालले शुक्रबार केन्द्रीय कमिटी बैठक सुरु गरेर ५ मिनेटपछि स्थगन गरे । एमालेले खनालकै संयोजकत्वमा ३३ सदस्यीय दस्तावेज मस्यौदा समिति बनाएको छ । ‘अध्यक्षले दस्तावेजलाई एक चरण प्रमुख नेताहरूबीच छलफल गराएर केन्द्रीय कमिटीमा ल्याउन खोजेजस्तो छ,’ मस्यौदा समितिका सदस्यसमेत रहेका पोलिटब्युरो सदस्य विष्णु रिमालले भने । सीधै केन्द्रीय कमिटीमा छलफलमा लैजाँदा बढी विवाद हुने भएकाले खनालले शीर्ष तहमा छलफल गराउन लागेका हुन् ।

महाधिवेशन तयारी सुस्त भएकामा केही नेताहरूले आपत्ति जनाए छन् । ‘महाधिवेशन वैचारिक बहस गर्ने थलो हो, यसका लागि पर्याप्त समय चाहिन्छ,’ केन्द्रीय सदस्य योगेश भट्टराईले भने, ‘वैचारिक राजनीतिक बहस नहोस् भन्ने उद्देश्य राखिएको जस्तो देखिएको छ ।’ उनले कार्यतालिकाअनुसार काम हुनुपर्ने बताए ।

दस्तावेज मस्यौदा कमिटीको ७ बैठक बसेकामा खनालरनेपाल र ओली समूहका नेताहरू केही सैद्धान्तिकरवैचारिक विषयमा दुईधारमा उभिए । फरक/फरक धारणा आएपछि दस्तावेजको प्रारम्भिक मस्यौदा तयार गर्ने जिम्मेवारी अध्यक्ष झलनाथ खनाल र महासचिव ईश्वर पोखरेललाई दिइएको थियो ।

क्रान्तिको अवस्था, २०६२/६३ को जनआन्दोलन समाजको चरित्र र पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादलाई हेर्ने दृष्टिकोण र आगामी कार्यक्रम कस्तो हुनेलगायत विषयमा एमालेमा विवाद छ । यी मुद्दालाई लिएर खनालरनेपाल र ओली निकट नेताहरू दुई धु्वमा छन् ।

खनाल नेपाल समूह ०६२र६३ को आन्दोलनपछि राजनीतिक क्रान्ति पूरा भएको र अब सामाजिकरआर्थिक क्रान्तिका कार्यक्रम अघि सारेर जानुपर्ने जिकिर गरिरहेको छ । ओली पक्षका नेता भने राजनीतिक क्रान्ति पूरा भएको मान्न तयार छैनन् । गणतन्त्र स्थापना हुनु एउटा सफलता भए पनि जनताका अधिकार अझै संस्थागत नभएको अवस्था छ ।

यही अवस्थालाई उनीहरूले क्रान्ति पूरा भइनसकेको रूपमा अथ्र्याएका छन् । त्यसैले संविधानसभाबाट नयाँ संविधान जारी नहुँदै क्रान्ति पूरा भएको मान्नु गलत हुने तर्क यो समूहको छ । नेपाली समाज ‘अर्धसामन्ती’ र ‘अर्धऔपनिवेशिक’ हो कि होइन भन्नेमा पनि विवाद छ । राजतन्त्र नै समप्त भएपछि समाजको सामन्ती स्वरूप परिवर्तन भइसकेको खनालरनेपाल पक्षका नेताहरूको तर्क छ । ओली समूहका भने अहिले नै दस्तावेजबाट अर्धसमान्ती भन्ने शब्द हटाउन नहुने उनीहरूको भनाइ छ ।

ुजनताको बहुदलीय जनवादु सिद्धान्त बनिसक्यो कि अझै राजनीतिक कार्यक्रम मात्र हो भन्नेमा पनि विवाद छ । ओली समूहका नेता सिद्धान्त बनिसकेको तर्क गर्छन् भने नेपाल र खनाल समूहकाहरू अझै सिद्धान्तको आकार ग्रहण गरिनसकेको व्याख्या गर्छन् ।

यस्ता विवादमा निरूपण गर्नेभन्दा पनि दुवै पक्षका नेताहरूबाट अडान राख्ने काम बढी भएको छ । आफ्ना अडानबाट कोही ‘टसको मस’ नभएपछि दस्तावेजको मस्यौदा निर्धारित समयमा तयार हुन नसकेको हो । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा