सियाटलमा ट्रकको ठक्करबाट नेपाली मूलकी सन्ध्या खड्काको निधन

६ बैशाख २०७१, शनिबार ०१:२७ मा प्रकाशित

पुरुषोत्तम ढकाल, क्यालिफोर्निया, ६ वैशाख । अमेरिकाको सियाटल स्थित बिपरित दिशाबाट तिब्र गतिमा आएको ट्रकको ठक्करबाट नेपाली मूलकी १७ वर्षिया सन्ध्या खड्काको मंगलबार बिहान ८: २० बजे निधन भएको छ । गत बर्ष आफ्ना बाबुसंगै अध्यनका लागि अमेरिका आएकी १७ वर्षिया खडकाको अमेरिकी सपना मंगलबारको सडक दुर्घटनासंगै सदाका लागि समाप्त भएको छ । मंगलबार बिहान खड्कालाई तिब्र गतिमा आएको ट्रकले सियाटल स्थित ग्रिन फोर्ड रेञ्जर बाटो पार गर्ने क्रममा उत्तर पूर्वी फिप्त एभिन्युमा ठक्कर दिएको थियो । सियाटल स्थित उत्तर कम्युनिटी कलेजमा काम र अध्यनका लागि जादै गर्दा ट्रकको ठक्करबाट खडकाको निधन भएको थियो । आफ्ना बाबु सहदेव खड्कासंगै बस्दै आएकी खड्का परिवारकी एक मात्र सन्तान हुन् ।  सियाटल स्थित स्थानिय नेपाली मुलका अमेरिकनहरु र बाबु सहदेव खड्काले दुर्घटनास्थललाई मृतक सन्ध्या खडकाको नाममा नामकरण गर्न राखेको प्रस्ताव स्थानिय यातायात विभागले अस्विकार गरेको छ भने उनको मृत्युलाई लिएर कलेज प्रशासनले अहिले सम्म कुनै प्रतिक्रया जनाएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार