प्राध्यापक दिपक सिम्खडा एशियाली अध्यन संघको सभापतिमा निर्वाचित

६ बैशाख २०७१, शनिबार ०१:०१ मा प्रकाशित

पुरुषोत्तम ढकाल, क्यालिफोर्निया, ६ वैशाख । पूर्वीय दर्शनका ब्याख्याता एवं प्राध्यापक दिपक सिम्खडा दक्षिण एशियाली अध्यन संघको सभापतिमा निर्वाचित हुनु भएको छ । गत साता अमेरिकाको साल्ट लेकमा सम्पन्न अधिबेशनबाट प्राध्यापक सिम्खडा चार वर्षीय कार्यकालको लागि संघको सभापतिमा निर्वाचित हुनु भएको हो । अमेरिका मूल थलो बनाई अध्यन अनुसन्धान गरिरहेका संसारभरका प्राज्ञहरुको साझा संगठन दक्षिण एशियाली अध्यन केन्द्र विशेष गरी एशियाली मुलुकहरूको सभ्यता र दर्शन अध्यन अनुसन्धानमा केन्द्रित रहदै आएको छ । पूर्वीय दर्शनका ब्यख्यता एवं प्राध्यापक दिपक सिम्खडा यस अघि दक्षिण एशियाली अध्यन संघको उप सभापतिको पदमा कार्यरत हुनुहुन्थ्यो । नेपाली मुलका अमेरिकन प्राध्यापक दिपक सिम्खडाले लामो समय देखि पश्चिमा जगतमा हिमालय क्षेत्रको सभ्यता र संस्कृति बारे जानकारी गराउदै नेपाललाई चिनाउने काम गर्दै आउनु भएको छ । बाल्टिमोरस्थित चिकित्सक एबं अगुवा समाजसेवी डा. श्याम कार्कीले नेपाली मूलका प्राध्यापक दिपक सिम्खडा एशियाली अध्यन संघको सभापतिमा निर्वाचित हुनु नेपाल र अमेरिकन नेपालीको लागि सुखद खबर भन्दै पश्चिममा पूर्वीय दर्शन र नेपाल चिनाउन सिम्खडाले खेलेको भूमिका नेपाली जातिको लागि सदैब मार्गदर्शक हुने बताउनु भयो ।
केन्द्रको सभापतिमा निर्वाचित हुनु भएका सिम्खडाले www.nepal24hours.comसंग कुराकानी गर्दै भन्नु भयो, ‘ पूर्वीय दर्शनमा भएको अपार सम्पदा, नेपाल र हिमालय क्षेत्रको अध्यन र प्रचारमा मेरो चार बर्षे कार्यकाल केन्द्रित रहने छ ।’ क्यालिफोर्निया स्थित नेपाली वाणिज्यदूत ऋषि ढकालले प्राध्यापक सिम्खडाले अमेरिकामा नेपाल र नेपालका सम्पदा चिनाउन खेलेको भूमिका सम्मानित भएको  प्रतिक्रिया दिदैं सिम्खडा अमेरिकामा बस्ने नेपालीको अभिभावक भएको बताउनु भयो । दक्षिण एशियाली अध्यन केन्द्रको आगामी अधिवेशन ४ वर्ष पछि भारतमा आयोजना हुने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

असारको पन्ध्र अर्थात् धान दिवस नेपालमा बुधबार औपचारिक रुपमा १९औँ धान दिवस मनाइदै छ । विश्वमा झन्डै चार अर्ब जनताको

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काठमाडौं । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवा जति खाडीमा । तिनै युवाले