सवारी साधनमा लेखिएको प्रेस शब्द हटाउँदै

५ बैशाख २०७१, शुक्रबार १५:१८ मा प्रकाशित


वीरगन्ज, ५ वैशाख । निजी मोटर साईलक र अन्य सवारी साधनमा प्रेस शब्द लेखेर सञ्चारमाध्यमको दुरुपयोग बढे पछि नेपाल पत्रकार महासंघ पर्सा शाखाले प्रेस शब्द हटाउने अभियान थालेको छ ।

पर्सा शाखाका अध्यक्ष श्याम बञ्जाराले सवारी साधनमा लेखिएको प्रेस शब्द हटाउने अभियान आज (शुक्रबार) शुरु गरिएको बताए । उनले पत्रकारिता पेसालाई व्यावसायिक र मर्यादित बनाउनका लागि सवारी साधनमा लेखिएका प्रेस शब्द हटाउन लागेको बताए ।

जथाभावी प्रेस शब्दलेखि पत्रकारिता पेसालाई बदनाम गराउनेको संख्या पछिल्ला दिनमा वीरगञ्जमा बढेको अध्यक्ष बञ्जाराको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण