
काठमाडौं, ५ वैशाख । वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले बजारमा देखिएको पेट्रोलियम पदार्थको अभाव सोमबारबाट अन्त्य हुने जनाएका छन् ।
काठमाडौंमा आज (शुक्रबार) आयोजित कार्यक्रममा मन्त्री थापाले सञ्चय कोषबाट भारतीय आयल निगमलाई आजै दुई अर्ब ५० करोड रुपियाँ पठाईसकिएको बताए । उनले पैसा पठाए पनि शनिबार र आइतबार भारतमा विदा हुने भएकोले सोमबारबाट मात्रै आपूर्ति सहज हुने बताए ।
मन्त्री थापाले भारतमा भईरहेको निर्वाचन र केही बक्यौदा रकम भूक्तानीको विषयले आपूर्ति सहज हुन नसक्दा समस्या उत्पन्न भएको बताए । ‘आगामी मन्त्रिपरिषदको बैठकले भारतीय आयल निगमको बाँकी २ अर्ब ५० करोड रुपियाँ समेत भूक्तानी गर्छ,’ उनले भने ।
काठमाडौंमा दैनिक ३ सय ५० किलो लिटर पेट्रोलियम पदार्थ खपत हुने गरेको उनले बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर
डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका
बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता
काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ