द्वन्द्वकालीन सबै घटनामा मेलमिलाप हुनु पर्छ : बोगटी

५ बैशाख २०७१, शुक्रबार २१:१० मा प्रकाशित

बिराटनगर, ५ वैशाख । एमाओवादीका पूर्व महासचिव पोष्टबहादुर बोगटीले द्वन्द्वकालीन घटनामा मेलमिलापको नीति भए मात्र त्यो राष्ट्रहितमा हुने बताएका छन् ।

क्रान्तिकारी पत्रकार संघले आज विराटनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बोगटीले गोरखा फुजेल घटना विदेशीको इसारामा उचालिएको बताए । बिदेशीहरुले शान्ति भाँड्ने काम गरिरहेको भन्दै उनले सरकार र राजनीतिक दलले मेलमिलापको नीति अवलम्बन नगरे एमाओवादी मात्र हैन अन्य दलका धेरै नेता पनि कारागारमा जाने बताए ।

उनले फुजेल घटनामा सरकार पक्षपाती भएको आरोप समेत लगाए । संसदमा सत्य निरुपण तथा मेलमिलाप आयोगको मस्यौदा संयुक्तरुपमा संशोधन हुनु पर्ने उनले बताए ।

‘विस्तुत शान्ति प्रक्रियाअन्तर्गतको सेना समायोजनको प्रक्रिया पूरा भइसकेको छ,’ उनले भने, ‘अब मेलमिलापको नीति लिएर पीडितलाई क्षतिपूर्तिसहित प्रावधान भएको आयोग बने मात्र शान्ति दिगो शान्ति स्थापना हुन्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा