क्षतिपूर्ति विषयमा सहमत नहुँदा शव अलपत्र

५ बैशाख २०७१, शुक्रबार १४:४३ मा प्रकाशित

काठमाडौं, ५ वैशाख । क्षतिपूर्तिका विषयमा कुरा नमिलेपछि सडक दुर्घटना मृत्यु भएका नवराज न्यौपानेको शव पाँच दिन बितिसक्दा समेत परिवारले बुझन् मानेका छैनन् ।

रसुवा लहरेपौवा–१ घरभई सानो भ-याङस्थित बगलामुखी पेट्रोल पम्पमा कार्यरत न्यौपाने नयाँ वर्षको पहिलो दिन वैशाख १ गते साँझ वनस्थली नजिक सवारी दुर्घटनामा परेका थिए । न्यौपानेले चलाएको मोटरसाइकललाई काठमाडौं–गोरखा रुटमा चल्ने बा १ ज ९५९८ नम्बरको माइक्रोबसले ठक्कर दिएको थियो ।

सडक दुर्घटनामा परी गम्भीर घाइते भएका न्यौपानेलाई शुरुमा उपचारका लागि जनमैत्री अस्पताल बालाजु लगिएकामा थप उपचार गराउन त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पु-याइएकामा अस्पतालले तुरुन्त मृत घोषणा गरेको थियो ।

यातायात व्यवसायी र पीडितपक्षबीच क्षतिपूर्तिका विषयमा सहमति हुन नसक्दा उनको शव पाँच दिनदेखि अस्पतालमा राखिएको छ ।

मृतक न्यौपानेको नाबालक सात महिनाको बच्चा रहेकाले उनको पालण पोषणको सुनिश्चिता गरिनुपर्ने, बिमाबाहेक पीडितकी धर्मपत्नीलाई तीन लाख ५० हजार क्षतिपूर्ति दिइनुपर्ने माग गर्दै पीडितपक्ष आन्दोलनमा उत्रेको छ ।

मृतकको साथमा रहेको ६५ हजार नगद, घाँटीमा लगाइएको सुनको सिक्रीलगायत पर्स समेत हराएको तथा पीडितलाई क्षतिपूर्ति दिलाउने विषयमा प्रहरी प्रशासनबाट आवश्यक सहयोगसमेत नपाएको उनीहरुले गुनासो गरेका छन् ।

उता माइक्रोबस व्यवसायीले भने दुई लाखभन्दा बढी क्षति दिन नसक्ने जनाउँदै सहमति नभए कानुनी प्रक्रियामा गएर विवादलाई टुङ्ग्याउनु पर्ने अडान छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा