तराईको सडकका लागि रु ७९ करोड बजेट

५ बैशाख २०७१, शुक्रबार १४:३८ मा प्रकाशित

जनकपुर, ५ वैशाख । भौतिक योजना तथा निर्माणमन्त्री विमलेन्द्र निधिले तराईको सडक विस्तारका लागि ७९ करोड ४५ लाख बराबरको प्रस्तावित बजेट सार्वजनिक गरेका छन् ।

गृह नगर जनकपुरमा आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा उनले करिव असी करोडको बजेट सार्वजनिक गरेका हुन् । प्रस्तावित बजेटबाट धनुषा, महोत्तरी तथा सर्लाही जिल्लामा रहेको हुलाकी सडकको मर्मत, कल्भर्ट तथा पुलपुलेसा निर्माणलगायतका योजना सम्पन्न गरिने उनले बताए ।

निधिले एसियाली विकास बैंक (एडिबी) को जनकपुरमा रहेको परियोजना सञ्चालन हुन अझै दुई वर्ष लाग्ने भएकाले तत्काल सडकको विकास गर्न आफू तत्पर रहेको बताए ।

भारत सरकार र भारतीय ठेकेदारबीच भएको विवादका कारण हुलाकी सडकको निर्माण अघि बढ्न नसकेकाले सडकमा कालोपत्र हालेर मर्मत गर्न सरकार तयार रहेको उनले बताए ।

जनकपुर–जटही, जनकपुर–भिट्ठामोड, महिनाथपुर–गोदार तथा सर्लाही, सिरहासहितका तराईका जिल्लाको हुलाकी सडकमा कालो पत्रे गरिने उनले बताए ।

उनले ऐतिहासिक जानकी मन्दिरलाई केन्द्र बनाएर जनकपुर सहरभित्रका दस सडकलाई कालोपत्र गरिने पनि बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

आजको प्रमुख समाचार