
काठमाडौं, ५ वैशाख । नर्वेले नेपालको शान्ति प्रक्रिया र स्थायित्वमा आफूहरुको सधैं सहयोग रहने जनाएको छ ।
शान्ति प्रक्रिया बिथोल्न आठ करोड रुपियाँ आएको विषयमा व्यवस्थापिका संसदमा जिज्ञासा उठे पछि नर्वेले शान्ति प्रक्रियालाई आफ्नो सधैं सहयोग रहने जनाएको हो ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग उनकै निवास लाजिम्पाटमा आज (शुक्रबार) भेट गरेर नेपालका लागि नर्वेका राजदूत क्लीजल टोरमोड पीटसेनले नर्वेको सहयोगलाई लिएर उठाका विषयमा आफूले छानविन गर्ने जनाए ।
अध्यक्ष दाहालका स्वकीय सचिव चुडामणि खड्काले नर्वेका राजदूतले कनकमणि दीक्षितलाई दिईएको रकमका बारेमा छानविन गर्ने आश्वासन दिनु भएको बताए । ‘कनकमणि दीक्षितलाई नर्वेले दिएको सहयोग रकमका बारेमा उठेका जिज्ञासाका सम्बन्धमा छानविन गर्ने अश्वासन आएको छ,’ उनले भने ।
अध्यक्ष दाहाल र अमेरिकी राजदूत बोडेबीच भेटवार्ता
यसैबीच, दलहरुका बीच सम्बन्ध चिसिएका बेला एमाओवादी अध्यक्ष दाहालसँग नेपालका लागि अमेरिकी राजदूत पीटर डब्लू बोडेले पनि भेटवार्ता गरेका छन् ।
भेटवार्तामा नयाँ संविधान लेखन र शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्ने विषयमा छलफल भएको हो । भेटमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोग गठनका विषयमा पनि छलफल भएको एमाओवादीले जनाएको छ ।
अध्यक्ष दाहालले राजदूत बोडेसँग गम्भीर प्रकृतिका घटनालाई मेलमिलाप केन्द्रमा लगरेर मिलाप गर्ने विषयमा आफूहरु गम्भीर रहेको बताए । राजदूत बोडेले पनि दलहरुलाई द्वन्द्व हुने गरेर नजान सुझाव दिएका थिए ।
‘गम्भीर प्रकृतिका घटनालाई मेलमिलाप केन्द्रमा लैजानु पर्छ,’ दाहालका स्वकीय सचिव खड्काले भने, ‘उहाँहरुका बीच सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोग बनाएर जाने विषयमा कुराकानी भएको हो ।’
द्वन्द्वकालीन घटनालाई लिएर एमाओवादीले सडक र सदन आन्दोलन गरिरहेका बेला अमेरिकी राजदूत बोडेले अध्यक्ष दाहालसँग परामर्श गरेका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण
काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।
काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७