दलहरुबीचको सहमति पछि संसद बैठक सुचारु

५ बैशाख २०७१, शुक्रबार १४:१८ मा प्रकाशित

काठमाडौं, ५ वैशाख । द्वन्द्वकालीन घटनाको छानबिन गर्न गठन हुन लागेको सत्य निरुपण तथा मेलमिलाप आयोगको बहुप्रतिक्षित बिधेयक संसदमा पेश भएको छ ।

संविधानसभा भवन नयाँ बानेश्वरमा आज (शुक्रबार) बसेको व्यबस्थापिका संसदको बैठकमा कानुन मन्त्री नरहरि आचार्यले विधयेयक प्रस्तुत गरेका हुन् ।

यसअघि एमाओवादीको पटक पटकको संसद अबरोधका कारण बिधेयक पेश हुन सकेको थिएन । आइतबारदेखि बिधेयकमा सैद्धान्तिक छलफल शुरु हुनेछ । संसदको अर्को बैठक आइतबार २ बजेका लागि बोलाईएको संसद सचिवालयले जनाएको छ ।

बैठक पछि पत्रकारसँग कुरागर्दै एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले विधेयकमा आइतबारबाट सैद्धान्तिक छलफल हुने बताए । उनले वैशाख १३ गते भित्र बिधेयक पास गरिसक्ने सहमति दलहरुकाबीच भएको बताए ।

द्वन्द्वकालीन घटनाहरुको सत्य निरुपण गर्न उदेश्यले ल्याउन लागेको आयोग गठनलाई महत्वका साथ हेरिएको छ । गम्भीर मानवअधिकार उलङ्घनका घटनाहरुलाई छुट्टा छुट्टै हेरिनुपर्ने सत्तारुढ कांग्रेस र एमालेको बुझाई र द्वन्द्वकालीन मुद्दालाई एकमुष्ठ आयोगबाट नै निराकरण गर्नुपर्र्ने एमाओवादी आ–आफ्ना अडानका कारण विधेयक समयमा आउन नसकेको हो ।

फूजेल प्रकरणका १३ आरोपीहरु बिरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएपछि एमाओवादीले सदन र सडकमा आन्दोलन चर्काएको थियो । सो आन्दोलनले प्रमुख दलहरुका बीच सम्बन्ध चिसिएको थियो ।

पक्राउ परेका २ कार्यकर्ता बिहीबार धरौटीमा रिहा भएपछि एमाओवादी सत्तारुढ दलहरुसँग बैठकमा बसेको हो । त्यसअघि एमाओवादीले सरकारी र दलीय कुनै पनि बैठक वा छलफलमा भाग नलिने जनाएको थियो ।

एमाओवादीलाई रिझाउन पटक पटकको प्रयास पछि आज बिहान प्रधानमन्त्री सुशील कोइराला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेताबीच सदन चलाउने बिषयमा सहमति भएको थियो ।

एमाओवादी अध्यक्ष दाहालले द्वन्द्वकालीन बिषयहरुलाई एक एक गर्दै मुद्दा नचलाई सम्पूर्ण घटनाहरुलाई आयोगबाटै छानबिन गर्न माग गरेका छन् ।

आजै मात्र अध्यक्ष दाहालसँग भेट गरेर आयोगमा राख्न लागिएको आममाफीको प्राबधानमा गम्भीर हुन अमेरिकी र नर्वेजियन राजदूतहरुले आग्रह गरिसकेका छन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त नबी पिल्लैले द्वन्द्वकालका घटनामा राजनीति नगर्न आग्रह गरिसकेकी छन् । उनले सत्य निरुपण तथा मेलमिलाप आयोगको बिधेयकमा राख्न लागिएको आममाफीको प्राबधानमा चासो देखाई सकेकी छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार