अध्यक्ष दाहाल र अमेरिकी राजदूत बोडेबीच भेटवार्ता

५ बैशाख २०७१, शुक्रबार १०:३१ मा प्रकाशित

काठमाडौं, ५ वैशाख । दलहरुका बीच सम्बन्ध चिसिएका बेला एमाओवादी अध्यक्ष पुष्पकलम दाहाल र नेपालका लागि अमेरिकी राजदूत पीटर डब्लू बोडेबीच भेटवार्ता भएको छ ।
अध्यक्ष दाहालको लाजिम्पाटस्थित निवासमा आज (शुक्रबार) भएको भेटवार्तामा नयाँ संविधान लेखन र शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्ने विषयमा छलफल भएको हो । भेटमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोग गठनका विषयमा पनि छलफल भएको एमाओवादीले जनाएको छ ।
अध्यक्ष दाहालले राजदूत बोडेसँग गम्भीर प्रकृतिका घटनालाई मेलमिलाप केन्द्रमा लगरेर मिलाप गर्ने विषयमा आफूहरु गम्भीर रहेको बताए । राजदूत बोडेले पनि दलहरुलाई द्वन्द्व हुने गरेर नजान सुझाव दिएका थिए ।
‘गम्भीर प्रकृतिका घटनालाई मेलमिलाप केन्द्रमा लैजानु पर्छ,’ दाहालका निजी सचिव चुडामणि खड्काले भने, ‘उहाँहरुका बीच सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोग बनाएर जाने विषयमा कुराकानी भएको हो ।’
द्वन्द्वकालीन घटनालाई लिएर एमाओवादीले सडक र सदन आन्दोलन गरिरहेका बेला अमेरिकी राजदूत बोडेले अध्यक्ष दाहालसँग परामर्श गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लमजुङ। गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले डुम्रे–बेँसीसहर सडक र बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । डुम्रे बेँसीसहर सडक

काठमाडौं विमानस्थलममा आईएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मंगलबार देशका

काठमाडौँ । एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निणर्य गरेको छ

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा