वीरमा मिर्गौला प्रत्यारोपण सेवा टप्प

५ बैशाख २०७१, शुक्रबार ०७:२९ मा प्रकाशित

काठमाडौं, ५ वैशाख । मुलुककै जेठा वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरु भएपछि कमजोर आर्थिक अवस्था भएका बिरामीले राहत महसुस गरे । विश्वका उत्कृष्ठ अस्पताल र वीरले दिने मिर्गौला प्रत्यारोपणको नतिजा एउटै गुणस्तरको भएको त्यही कार्यरत चिकित्सकको दाबी छ । तर, गत वर्षदेखि यो सेवा ठप्प छ ।

प्रत्यारोपणका लागि गाउँबाट आउने बिरामीलाई निजी अस्पताल पठाउन थालिएको छ । वीरमा मिर्गौला प्रत्यारोपण सेवा एक सयभन्दा बढी बिरामीले लिइसकेका छन् । वीरमा डायलासिस सेवा निःशुल्क छ । निजी अस्पतालमा कम्तीमा आठ हजार रुपियाँ तिर्नुपर्ने  छ ।
सरकारले भक्तपुरमा मानवअंग प्रत्यारोपण केन्द्र स्थापना गरी वीरका तत्कालीन मिर्गौला प्रत्यारोपण विशेषज्ञ पुकारचन्द्र श्रेष्ठलाई प्रमुख बनाएर लगेपछि सेवा ठप्प भएको हो । अस्पतालले नयाँ प्रत्यारोपण विशेषज्ञ पनि भित्र्याउन सकेको छैन् । सुरुमा चिकित्सक श्रेष्ठ केन्द्रको प्रमुख भएर गए पनि आवश्यक पर्दा वीरमा सेवा दिइरहने प्रतिबद्धता जनाएका थिए ।

तर उनी काम गर्ने वातावरण नभएको भन्दै अस्पताल छिर्न छाडे । वीर प्रशासनले पनि श्रेष्ठलाई बोलाउन र प्रत्यारोपणमा आवश्यक जनशक्ति जुटाउन सकेको छैन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो

काठमाडौं।देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न