न्यायाधीश नियुक्ति प्रक्रिया सुरु

५ बैशाख २०७१, शुक्रबार ०५:२९ मा प्रकाशित

काठमाडौं, ५ वैशाख । न्यायपरिषद्ले सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्ति गर्न प्रक्रिया सुरु गरेको छ । परिषदको बिहीबारको बैठकले नियुक्ति प्रक्रिया र यसका आधारबारे छलफल गरेको थियो । ‘केही दिनमै हामी न्यायाधीश नियुक्त गर्दै छौं,’ परिषद् सदस्य खेमनारायण ढुंगानाले भने ।

परिषद्ले यसै वर्ष न्यायाधीश नियुक्तिको मापदण्ड बनाएर जिल्ला र पुनरावेदन तहका न्यायाधीशका लागि परीक्षा लिने व्यवस्था गरे पनि सर्वोच्चका लागि त्यो लागू हुने छैन । ‘हामीसँग योग्य न्यायाधीशहरूको सूची पहिल्यै छ, त्यसैबाट छानेर सर्वोच्चमा पठाउने हो,’ ढुंगानाले भने, ‘आवेदन माग्ने, परीक्षा चलाउने वा अन्तरवार्ता लिने योजना छैन ।’ सर्वोच्चमा हाल स्थायी न्यायाधीशको १० पद खाली छ ।

परिषदाका अनुसार दसै पद एकैपटक पूर्ति हुनेछ । ‘मुद्दाको चाप धेरै नै भएकाले केही अस्थायी न्यायाधीशरू पनि चाहिन्छ होला,’ ढुंगानाले भने, ‘एकैपटक गर्ने कि अस्थायी नियुक्ति अर्को चरणमा गर्ने भन्ने टुंगो लाग्न बाँकी नै छ ।’ कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र