श्रेष्ठ सार्वजनिक यातायातमा हिँडेपछि सुरक्षा समस्या

५ बैशाख २०७१, शुक्रबार ०५:१९ मा प्रकाशित

काठमाडौं, ५ वैशाख । एमाओवादी नेता नारायणकाजी श्रेष्ठ सार्वजनिक यातायातमा हिँड्न थालेपछि उनका सहयोगीले सुरक्षा व्यवस्थालाई लिएर चिन्ता व्यक्त गर्न थालेका छन् । तर माओवादीभित्र भने पार्टीको राष्ट्रिय सम्मेलन नजिक आइरहेकाले ‘सादा जीवन बिताउने नेताको रूपमा आफूलाई देखाउन’ श्रेष्ठले सार्वजनिक यातायात चढ्न थालेको टिप्पणी सुरु भएको छ ।

उनले गाडी चढ्ने हैसियत नभएको भन्दै करिब तीन सातादेखि निजी गाडी चढ्न छाडेका हुन् । उनका निजी सुरक्षाकर्मीले श्रेष्ठ सार्वजनिक यातायातमा हिँडा कुनै पनि बेला केही हुन सक्ने उल्लेख गर्दै जागिर खतरामा रहेको बनाउन थालेका छन् ।

उनी बैठक र अन्य कार्यक्रममा जाँदा आफ्नो निवास हात्तीवनबाट सार्वजनिक यातायातमा हिँड्छन् । उनकी सहयोगी सुशन कर्माचार्यले सार्वजनिक यातायातमा हिँड्दा सुरक्षा व्यवस्था मिलाउन गाह्रो परेको बताइन् ।

उपप्रधान तथा गृह र परराष्ट्रमन्त्री भइसकेका श्रेष्ठ पारिवारिक आर्थिक पृष्ठभूमिसमेत कमजोर नभएकाले आफ्नै खर्चले पनि गाडी चढ्ने हैसियत राख्छन् । कुनैबेला दिनहुँजसो सञ्चार माध्यममा आउने श्रेष्ठ हाल गुपचुप छन् । उनले आफू ‘सत्याग्रह’मा रहेको भन्दै बोल्न मानेका छैनन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकी सेना प्रमुखसहितका उच्च सुरक्षा अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गरेका

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

आजको प्रमुख समाचार