निगमको असक्षमताका कारण व्यवसायी बदनाम

४ बैशाख २०७१, बिहीबार १९:२० मा प्रकाशित


काठमाडौं, ४ वैशाख । नेपाल आयल निगमले प्रयाप्त पेट्रोलियम पदार्थ उपलब्ध नगराउँदा राजधानीमा डिजेल, मट्टितेल र पेट्रोलको चरम अभाव भएको छ ।
पछिल्लो १५ दिन यता राजधानीका उपभोक्ताले पेट्रोलियम पदार्थ सहज रुपमा पाउन सकेका छैनन् । एकसाता यता पेट्रोल पम्पहरुमा सवारी साधनका लामालाई देख्न सकिन्छ ।
तिर्नु पर्ने बक्यौता रकम नदिए पछि ईण्डीयन आयल कर्पोरेशन (आइओसी) ले पेट्रोलियम पदार्थ आपूर्तिमा कटौति गरेको निगमले जनाएको छ । आइओसीले डिजेल, मट्टितेल र पेट्रोल आपूर्तिमा झण्डै चालीस प्रतिशत कटौति गरिदिएको छ ।
प्रयाप्त तेल नपाए पछि उपभोक्ताहरु दिन भरि पेट्रोल पम्पहरुमा लाईनमा बस्न बाध्य भएका हुन् ।
नेपाल पेट्रोलियम पदार्थ डिलर एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले निगमको गलत नीतिका कारण व्यवसायीहरु बदनाम भएको गुनासो गरे । ‘नेपाल आयल निगमको गलत व्यवस्थापन र असक्षमताका कारण व्यवसायी बदनाम भएका छन्,’ उनले भने, ‘हामीलाई प्रयाप्त तेल नदिए पछि उपभोक्तालाई कसरी बाँड्ने ?’
निगमले प्रयाप्त तेल दिने हो भने वितरण गर्न आफूहरुलाई कुनै समस्या नहुने अध्यक्ष प्रधानको भनाई छ । निमगले अहिले आफूहरुर्लाइ चालीस प्रतिशत मात्रै तेल उपलब्ध गराएको बताए । ‘यस्तै अवस्था रहेमा अबको एकसाता पछि पेट्रोलीयम पदार्थ बिक्री गर्न सकिँदैन,’ प्रधानले भने ।
निमगलाई पेट्रोलमा प्रतिलिटर नौं रुपियाँ ४२ पैसा, मट्टितेलमा एघार रुपियाँ २४ पैसा र हवाई ईन्धनमा ४३ रुपियाँ ५३ पैसा फाईदा छ ।
यद्यपि, डिजेलमा चार रुपियाँ ३१ पैसा, खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ६ सय ८९ रुपियाँ ९१ पैसा घाटा रहेको निगमले जनाएको छ । सो घाटा मूल्य अनुसार निगमलाई मासिक ७२ करोड ७८ लाख रुपियाँ घाटा छ ।
खाना पकाउने ग्यासमा भने आइओसीले कटौति गरेको छैन । खाना पकाउने ग्यासमा कटौति गरेर अत्यावसेक डिजेल र मट्टितेलको आपूर्ति बनाउनु पर्ने व्यवसायीहरुको माग छ ।
‘घाटामा बिक्री भई रहेको ग्यासको कटौति गरेर भए पनि डिजेल र मट्टितेल आपूर्ति गर्नु पर्छ,’ एक जना व्यवसायीले भने, ‘डिजेल र मट्टितेलका कारण सर्वसाधारण मर्कामा पर्छन् । खाना पकाउने ग्यासले धेरै असर गर्दैन । ति व्यवसायीका अनुसार गर्मीयाम शुरु भई सकेकाले ग्यासको माग पनि कम छ ।
यसैबीच, सरकारले निगमलाई पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि रकम दिने तयारी गरेको छ । निगमका अनुसार आइओसीलाई दिने झण्डै अर्व तिर्नुपर्ने बक्यौता रकम छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र