‘उद्योग बाणिज्य महासंघ एक ढिक्का भएको छ’

४ बैशाख २०७१, बिहीबार २२:१० मा प्रकाशित


काठमाडौं, ४ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघका नव निर्वाचित पदाधिकारीहरुले एक ढिक्का भएर जाने बताएका छन् ।
काठमाडौंमा आज (बिहीबार) आयोजित कार्यक्रममा अध्यक्ष प्रदीपजंग पाण्डेले महासंघमा कुनै गुट उपपगुट नभएको बताए । उनले निर्वाचन पछि महासंघ एक ढिक्का भएर अघि बढेको बताए ।
‘केही व्यक्ति र मिडियाले समेत महासंघमा विवाद उत्पन्न गराउन खोजेका थिए,’ उनले भने, ‘देशको अर्थतन्त्रका बारेमा सोच्ने र मुलुककै आर्थिक समृद्धिमा लाग्छौं ।’
उनले अहिलेको समय कुरा भन्दा पनि काम धेरै गर्नुपर्ने समय भएकाले महासंघका सबै पदाधिकारीलाई भाषण भन्दा काम गरेर देखाउन आग्रह गरे ।
महासंघका वरिष्ठ उपाध्यक्ष पशुपति मुरारकाले आफूहरु भिन्दा भिन्दै प्यानलबाट चुनावी मैदानमा होमिए पनि अब एक ढिक्का भएर अगाडि बढ्ने बताए ।
उनले सरकारसँग आफूहरुले धेरै पटक उद्योग क्षेत्रका समस्या, श्रम सम्बन्धि समस्याहरुलाई हल गर्न आग्रह गर्दै आए पनि सुनुवाई नभएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको