साठी किलो चाँदीसहित दुई युवक पक्राउ

४ बैशाख २०७१, बिहीबार १३:५५ मा प्रकाशित


वीरगन्ज, ४ वैशाख । पर्सा प्रहरीले अवैध भएको आशंकामा ६० किलो चाँदीसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने एकजना भारतीय छन् ।
नियमित जाँचका क्रममा नेपाल–भारत सीमावर्ती नाका इनर्वाबाट बुधबार ६० किलो चाँदीसहित उनीहरूलाई पक्राउ गरिएको पर्सा प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए ।
पक्राउ पर्नेमा भारतीय नागरिक २१ वर्षीय शत्रुघन साह सोनार र पर्साको रामगढवा गाविस–३ का ३८ वर्षीय विनोदकुमार सर्राफ छन् ।
ना २६ प १४७१ नम्बरको मोटरसाइलबाट वीरगन्जतर्फ आउँदै गरेको अवस्थामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
बरामद चाँदीको बजार मूल्य करिब ७० लाख बराबरको भएको राजस्व अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार