बिवाद पछि काभ्रेमा युवकको हत्या

४ बैशाख २०७१, बिहीबार १२:५५ मा प्रकाशित

बनेपा, ३ वैशाख । आपसी बिवादमा काभ्रे जिल्लामा एक युवकको खुकुरी प्रहार गरी हत्या भएको छ ।
डराउनेपोखरी–८ मा बुधबार राति मादक पदार्थ सेवनपछि झगडा हुँदा सोही गाविसका २८ वर्षीय गणेश लाखेले दाङको वेलझुन्डी–९ बस्ने नवराज विकको हत्या गरेका हुन् ।
लाखेले विकलाई शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरेर गम्भीर घाईते बनाएको प्रहरीले जनाएको छ । विकको घटनास्थलमै मृत्यु भएको थियो ।
खुकुरी प्रहारबाट दाङकै चरिगाउँ–९ बस्ने १८ वर्षीय हेम नेपाली घाइते भएका छन् । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता

विराटनगर । निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

आजको प्रमुख समाचार