अन्तर्राष्ट्रिय कराते जेठमा

२१ बैशाख २०६९, बिहीबार ०४:११ मा प्रकाशित

काठमाडौं, २१ वैशाख । नेपाल कराते महासङ्घ एवम् सितोरियो कराते डो, हाइस्कुल केन्द्रीय कमिटीको आयोजनामा जेठ १२ देखि अन्तर्राष्ट्रिय कराते तथा किकबक्सिङ प्रतियोेगिता हुने भएको छ । कराते महासङ्घको विशेष कार्यक्रमअन्तर्गत हुने उक्त प्रतियोगितामा नेपाललगायत भारत, बंगलादेश, भुटान, श्रीलंकाका साथै आमन्त्रित राष्ट्रको रूपमा एक युरोपियन टोलीको समेत सहभागिता रहने हाइस्कुल केन्द्रीय कमिटीका अध्यक्ष एवम् प्रतियोगिता संयोजक ईश्वर थापाले जानकारी गराएका छन् । करिब १४ सय खेलाडीको सहभागिता हुने अनुमान गरिएको प्रतियोगितामा ४० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । चार दिनसम्म चल्ने प्रतियोगिता लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पेरिस । यस वर्षको महिला च्याम्पियन्स लिग फुटबल प्रतियागिताको उपाधि बार्सिलोनाले जितेको छ । स्विडेनको गोथेनवर्गमा गएराति भएको फाईनल खेलमा

ओसासुनालाई हराउँदै एथ्लेटिको मड्रिड स्पेनिस लिग फुटबल ‘ला– लिगा’ को उपाधि नजिक पुगेको छ । गएराति भएको खेलमा एथ्लेटिकोले ओसासुनालाई

लेस्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ । २१ हजार दर्गशकको उपस्थितीमा लण्डनस्थित वेम्लीमा भएको फाइनलमा चेल्सीलाई

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं