३० वर्षमा पनि उठ्न सकेन विद्युत महसुल

४ बैशाख २०७१, बिहीबार ०६:०५ मा प्रकाशित

भक्तपुर, ४ वैशाख । नेपाल विद्युत प्राधिकरण भक्तपुर शाखामा ३० वर्ष अगाडि देखिको विद्युत महसुल उठ्न बाँकी छ । शाखा अन्तर्गत रहेको विद्युतका ग्राहकहरुबाट अहिलेसम्म ११ करोड ८७ लाख ३ हजार २ सय ४३ रुपैया बाकी बक्यौता उठ्न नसकेको शाखा आय इन्चार्ज शशी अर्यालले बताए । निरन्तर प्रयास गर्दा पनि प्राधिकरणले बक्यौता उठाउन नसके पछि त्यस्ता ग्राहकको नाम कालो सूचीमा राखेको छ ।

कालो सूचीमा समावेश गरिएका ग्राहकहरुबाट मात्रै २ करोड २९ लाख ९९ सय हजार ९ सय १० रुपैँया बाँकी बक्यौता रहेकोे अर्यालले भने ‘कालोसूचीमा पर्नेहरुमा २०४० अघिदेखिका ग्राहक समेत रहेको छ ।’ त्यसैगरि प्राधिकरणले गत साउन यता विद्युत महसुलबाट १७ करोड ३७ लाख ७ हजार ९ सय ५८ रुपैया संकलन गरेपनि साउन यता १५ लाख २१ हजार ९ सय ५९ रुपैया उठ्न नसकेको अर्यालले बताए ।

कालो सुचीमा राखेपछि पनि ग्राहले महसुल तिर्न नआएपछि प्राधिकरणले लाइन नै काटि दिएको शाखाका ईन्जिनियर लखनलाल साहले भने, ‘लाइन काटा समेत ग्राहक महसुल बुझाउन आएको छैन । बाँकी बक्यौता रहेका ग्राहकले एकमुष्ठ सबै रकम नतिरेसम्म लाईन जडान नगर्ने प्रावधानका कारण पनि महसुल उठाउन समस्या आएको प्राधिकरणले जानकारी दिएको छ ।

ग्राहकले बाँकी बक्यौताको आधा रकम तिरेर लाईन जडान गरिदिए बाँकी रकम किस्ता बन्दीमा हरेक महिना तिर्दै जान सक्ने शाहले बताए । हाल सम्म ८ सय ६९ जना ग्राहक कालो सूचीमा परिसकेका छन् । तर लाइन काटेपछि पनि पैसा तिर्न आएका छैनन् । भक्तपुरमा केही महिना अघि ४३ प्रतिशत पुगेको विद्युत चुहावट हाल ३८।७ प्रतिशतमा झरेको छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता

विराटनगर । निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

आजको प्रमुख समाचार