देशकै बेइज्जत गर्नेहरूलाई किन बनाइन्छ राजदूत ?

४ बैशाख २०७१, बिहीबार ०३:०१ मा प्रकाशित

रामहरि पाण्डे, काठमाडौं, ४ वैशाख । नेपालले कूटनीतिक क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन नसक्दा मुलुकको हितमा अपेक्षाकृत सकारात्मक परिणाम हासिल हुन नसकेको महसुस गर्न थालिएको छ । यतिबेला छिमेकी मित्रराष्ट्र भारतसहित १५ मुलुक राजदूतविहीन छन् । ती मुलुकका लागि राजदूत नियुक्तिको पूर्वसन्ध्यामा कूटनीतिक क्षेत्रलाई मर्यादित र राष्ट्रोपयोगी बनाइनुपर्नेमा जोड दिन थालिएको छ । यसअघि दलीय भागबन्डाका आधारमा दलको र दलको पनि गुटको प्रतिनिधित्व गराउने हिसाबबाट राजदूत चयन गर्ने गरिएको छ । राजदूतलाई कसरी राष्ट्रहितमा उपयोग गराउनेभन्दा पनि आफ्ना मानिसलाई कसरी राजदूत बनाउने भन्नेमा उच्चतहका राजनीतिकर्मी केन्द्रित रहने गरेकाले कूटनीतिक क्षेत्र उपयोगी एवम् प्रभावकारी बन्न सकेको देखिदैन ।
परराष्ट्रका अनुसार अहिले छिमेकी मित्रराष्ट्र भारतसहित, थाइल्यान्ड, इजिप्ट, जर्मनी, कतार, जेनेभा (स्वीट्जरल्याण्ड), अमेरिका, क्यानडा, कुवेत, श्रीलंका, ब्राजिल, बेलायत, दक्षिण अफ्रिका नेपाली राजदूतविहीन छन् भने बहराइन र ओमानस्थित अवैतनिक दूतावासलाई अपग्रेड गरी दूतावास बनाइए पनि ती मुलुकमा पनि राजदूत नियुक्त हुन सकेका छैनन् । परराष्ट्रका एक अधिकारीका अनुसार अन्य मुलुकमा सम्बन्धित देशका राजदूतको समयावधि सकिनु चार पाच महिनाअघिबाटै नया“ राजदूत नियुक्ति प्रक्रिया सुरु हुन्छ, तर नेपालमा तीन वर्ष बित्न लाग्दा पनि दलीय भागबन्डा नमिल्दा राजदूत चयन हुन सकेको छैन ।
दलीय भागबन्डामा परेर राजदूत नियुक्त भई सम्बन्धित देशमा गएकामध्ये अधिकांश राजदूतले राष्ट्रका लागि भन्दा पनि आफ्नो परिवार र पार्टीका हितमा मात्र काम गर्ने गरेकोले नेपालले फाइदा लिन नसकेको परराष्ट्र मन्त्रालयकै निष्कर्ष छ । मन्त्रालयका अनुसार दुई देशबीचको सम्बन्ध सुधार गरी नेपालको हितमा काम गर्न पुगेका राजदूत कमाउन र मोजमस्तीमा लाग्छन् । परराष्ट्र मन्त्रालयका अनुसार रिक्त रहेका १५ मुलुकमध्ये तीन–चारवटा देशबाहेक अन्य देशमा कार्यरत राजदूतले आफ्नो देशका लागि खासै काम गर्न सकेको देखि“दैन । पराराष्ट्र मन्त्रालय कर्मचारी महाशाखाको एक अधिकारीका अनुसार सरकारले महत्वपूर्ण जिम्मेवारी दिएर पठाएका राजदूतबाट राष्ट्रले अपेक्षाअनुसार कुनै फाइदा लिन सकेको देखि“दैन । ती अधिकारीले मंगलबार घटना र विचारस“ग भने, ‘केही राजदूतले त उल्टै नेपालीलाई ठगी गरेको, अनावश्यक दुःख दिने गरेको तथा आफन्तलाई विदेशमा पु¥याउने र उतै रोजगारी लगाउने गरेको उजुरी मन्त्रालयमा परेको छ ।’
राजदूतहरुले आफूले महिनाभर गरेको कामको मासिक विवरण परराष्ट्र मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था छ । तर, ती झारा टार्ने खालको मात्र हुने गरेका छन् । मासिक विवरणमा साप्ताहिक समीक्षा, चियापान, नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा सहभागी, भेटघाट, भ्रमण, आन्तरिक छलफलमा सहभागी भएका कुरालाई महत्वका साथ उल्लेख भएको पाइन्छ । परराष्ट्रका सहप्रवक्ता विष्णुप्रसाद गौतमले राजदूतहरुले पठाउने विवरण सन्तोषजनक नभएको जानकारी दिए । ‘राजदूतको क्राइटेरिया नतोकेकोले कसको काम राम्रो र कसको नराम्रो भन्ने मूल्याङ्कन गर्न कठिन छ । गौतमले भने, ‘केही राजदूतको काम त झारा टार्ने मात्र देखिएको छ । ‘राजदूतले नियमित काम गर्नेबाहेक अन्य भूमिका निर्वाह गरेको देखि“दैन, उनले थपे, ‘रिसोर्सेसको कमीका कारण पनि कतिले काम गर्न सकेका छैनन् ।
यद्यपि फ्रान्सका लागि नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठले सोचेभन्दा राम्रो काम गरेको परराष्ट्रको मूल्याङ्कन छ । सीमित स्रोत र साधनको उपयोग गरी श्रेष्ठले राष्ट्रहितमा प्रसस्तै काम गरेको देखिएको छ । मन्त्रालयको मूल्याङ्कन विभागका एक अधिकारीले भने, ‘राजदूत श्रेष्ठको क्रियाशीलता अन्य राजूदतको भन्दा बढी देखिन्छ र उपलब्धि पनि हासिल भएको छ ।’ अन्य राजदूतको भन्दा उनको मासिक कार्यविवरण पनि निकै फरक र नेपालका हितमा छलफल र भेटघाटलाई तीव्रता दिएको देखिन्छ । राजदूत श्रेष्ठले जीर्ण अवस्थामा रहेको राजदूतनिवास भवन मर्मत गरी स्तरीय बनाउनुका साथै उनकै कूटनीतिक कौशलका कारण नेपालले युनेस्कोको अध्यक्षता ग्रहण गर्ने मौका पाएको बताइन्छ ।
यस्तै, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मिसनमा राजदूत भएर फर्किएका शंकर वैरागीले पनि देशको हितमा उल्येख्य योगदान पु¥याएको परराष्ट्रको आन्तरिक रिपोर्टमा उल्लेख छ । वैरागी हाल निमित्त सचिवको रुपमा कार्यरत छन् । परराष्ट्र मामिलामा विज्ञ मानिने वैरागीले नेपालका हितमा दर्जनौ“ राम्रा काम गरेको देखिएको छ ।
कार्यकाल सकिएर फर्किएका राजदूतहरुले आफ्नो कार्यकालमा निर्वाह गरेको भूमिकालाई लिएर परराष्ट्र मन्त्रालयले आन्तरिक प्रयोजनका लागि तयार गरेको संक्षिप्त रिपोर्टअनुसार बेलायतमा राजदूत बनेका डा. सुरेशचन्द्र चालिसेले नेपालको प्रतिष्ठलाई जोगाउने काम गरेको देखिन्छ । चालिसेले अपेक्षा गरेअनुरुप कार्यकौशल देखाउन नसके पनि आफ्नो कार्यकाल सन्तोषजनक रुपमा बिताएको मन्त्रालयको ठम्याइ छ । साथै बेलायतमा रहेका नेपालीले भोग्नुपरेको समस्या, विद्यार्थीहरुको समस्या समाधान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै नेपालमा बेलायती पर्यटक भिœयाउनमा चालिसेले प्रभावकारी भूमिका निर्वाह गरेको बताइन्छ । त्यस्तै अमेरिकाको राजदूत बनेका शंकर शर्माले पनि अपेक्षाकृत राम्रो काम गर्न नसके पनि नराम्रो काम उनीबाट भएको मानि“दैन ।
कूटनीतिक दृष्टिले सबभन्दा महत्वपूर्ण मानिने नया“दिल्लीस्थित दूतावास राजदूतविहीन बनेको ३० महिनाभन्दा बढी भएको छ । त्यहा“ राजदूत नियुक्त गरी पठाइएका रुक्मशमशेर राणाले देशकै बेइज्जत गर्नेसम्मको व्यवहार प्रस्तुत गरेपछि उनलाई फिर्ता बोलाइएको थियो । परराष्ट्रका अनुसार राणाको कार्यकाल सन्तोषजनक र नेपालको हितमा देखिएको थिएन । त्यस्तै थाइल्यान्डस्थित नेपाली दूतावासमा पनि राजदूत नभएको दुई वर्ष हुन लागेको छ । जर्मनीमा राजदूत बनेका सुरेशप्रसाद प्रधानले पनि राष्ट्रहितमा खासै काम गर्न नसकेको ठानिन्छ । उनले पनि आफ्ना आफन्तलाई जर्मनी लैजाने र जर्मनीका वरिष्ठ अधिकारीहरूस“ग फोटो खिचाउनेभन्दा अरू काम गर्न सकेको ठान“दैन । क्यानडाका लागि राजदूत बनेका भोजराज घिमिरेको कार्यकाल पनि सन्तोषजनक भएको मानिन्न । राजदूत भएर बस्दा उनले के–कसो गरेर बसे त्यसको कुनै अत्तोपत्तो छैन । स्रोतका अनुसार देशको भन्दा पनि आफ्ना आफन्तको चिन्तामा घिमिरे केन्द्रित भएको देखिन्छ ।
एमाओवादी कोटामा दक्षिण कोरियाका लागि नेपाली राजदूत बनेका कमानसिंह लामाको कार्यकौशल पनि सन्तोषजनक हुन सकेन । स्रोतका अनुसार उनीविरुद्ध परराष्ट्रमा उजुरीसमेत परेको छ । स्रोतका अनुसार लामाले पदीय आचरणविपरीत कोरियामै लगानी गरी निजी व्यापार–व्यवसाय सुरु गरेका छन् । साथै उनले धेरै नेपालीलाई अनधिकृत रूपमा कोरिया पुर्याएको बताइन्छ । राजदूत लामाले कोरियामा छोरीको नाममा रेस्टुरेन्टमा लगानी गरेका छन् । साथै उनले दूतवासअघि फोटो स्टुडियो खोलेका छन् । कोरियाको राजधानी सियोलबाट ४० किलोमिटर उत्तरमा रहेको ओम नमस्ते रेस्टुरेन्टमा राजदूत लामाको लगानी रहेको बताइन्छ ।
त्यस्तै कतारका लागि नेपाली राजदूत बनेकी मायाकुमारी शर्माले पनि देशको बेइज्जत गर्नेबाहेक अन्य काम गरेको पाइ“दैन । उनले दुई देशबीचको सम्बन्धमै खलल पार्ने खालका गतिविधि गरेको परराष्ट्रको रिपोर्टमा उल्लेख छ । त्यसैले उनलाई सरकारले फिर्ता बोलाएको थियो । ब्राजिलका प्रद्युम्नविक्रम शाह, कुवेतका मधुवन पौडेल, श्रीलंकाका सुशीलचन्द्र अमात्यलगायतको कार्यकाल पनि उदासीन रहेको छ ।
राजदूतहरुको भूमिका प्रभावकारी नभएको भन्दै गुनासो आएपछि परराष्ट्रमन्त्री महेन्द्र पाण्डे अहिले राजदूत हुनका लागि आवश्यक योग्यता, गर्नुपर्ने कामको सूची तय गर्न लागिपरेका छन् । त्यसका लागि पाण्डेले पूर्वपरराष्ट्रमन्त्री, पूर्वसचिव, पूर्वराजदूतहरूस“ग परामर्श गरिरहेका छन् । मन्त्री पाण्डेले दलीय भागबन्डाका आधारमा नभई योग्य र सक्षम व्यक्तिलाई राजदूत बनाइने बताए र उनले भने, ‘विदेशस्थित रिक्त नेपाली राजदूतहरुको नियुक्ति छिट्टै गरिन्छ, त्यसका लागि सरकारले तयारी गरिसकेको छ ।’ कुनै व्यक्तिलाई राजदूतको रुपमा जागिर खुवाउनभन्दा पनि योग्यता र क्षमता भएका व्यक्तिलाई नियुक्त गर्न सरकारले छलफल गरिरहेको उनको भनाइ थियो । यसअघिका कतिपय राजदूतले बदनियतपूर्ण काम गरेकाले अहिले सक्षम राजदूत खोजी गरिएको र तिनले विदेशमा नेपालको छवि सुधार गर्न नेपालको हितमा काम गर्ने विश्वस व्यक्त गरे ।
यसैबीच राजदूत नियुक्तका लागि प्रधानमन्त्री सुशील कोइरालाले दलीय छलफल सुरु गरेका छन् । उनले केही समयअघि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डस“ग राजदूत नियुक्तिकै विषयमा छलफल गरेका थिए । प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काका अनुसार प्रधानमन्त्रीस“गको छलफलमा प्रचण्डले सहमतिका आधारमा राजदूत नियुक्ति प्रक्रिया सुरु गरे सहयोग रहने वचन दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा

आजको प्रमुख समाचार