राप्रपा पार्टी होइन ‘पाटी’ बनेको छ :: प्रकाशचन्द्र लोहनी (सहअध्यक्ष, राप्रपा)

४ बैशाख २०७१, बिहीबार ०२:५७ मा प्रकाशित

० पार्टीअध्यक्ष सूर्यबहादुर थापाले छोरालाई मन्त्री बनाउ“दा तपाईंहरू निकै असन्तुष्ट बन्नुभयो नि, किन ?
– उहाले छोरालाई मन्त्री बनायो भनेर राप्रपामा असन्तुष्टिको आवाज उठेको होइन । व्यक्तिस“गको चासो र चिन्ता होइन यो, पार्टीमा जसले धेरै वर्षदेखि पसिना चुहाउदै आएका छन्, योगदान गर्दै आएका छन्, तिनले मौका पाउनुपर्छ भन्न खोजेका हौ“ हामीले । पार्टीका विधिवत् इकाइहरूको औपचारिक बैठक नबोलाईकन अपारदर्शी किसिमबाट मन्त्रीको नाम तय गरिएकोले विरोध गर्नुपरेको हो ।
० मन्त्रीको नाम चयन गर्न तपाईंहरूले थापालाई औपचारिक रूपमै सर्वाधिकार सुम्पिएको होइन र ?
– धेरैजनाको धेरै राय होला र झन् बखेडा हुनसक्छ भन्ने सोचेर हामीले अध्यक्षलाई त्यो अधिकार दिएका थियौ“ । व्यक्ति नै संस्थातुल्य बनिसकेको उहा“जस्तो व्यक्तिबाट न्यायोचित निर्णय हुन्छ भन्ने सोचेर पार्टीले त्यो अधिकार दिएको थियो । तर, यस सवालमा पार्टीका साथीहरूको त्यो भावनाको अध्यक्षबाट कदर गरिएन । त्यतिबेला हामीले दुईवटा मन्त्रालय नपाएसम्म मन्त्रीको नाम सिफारिस नगर्न पनि अध्यक्षलाई सुझाएका थियौ“, तर यसको बर्खिलाप गई उहा“ले आफ्नै पार्टीको अवमूल्यन गरिदिनुभएको छ ।
० दुईवटा मन्त्री त पाइहाल्यो नि राप्रपाले, होइन र ?
– मन्त्री होइन दुईवटा मन्त्रालय पाउनुपर्ने माग थियो हाम्रो । तर, एउटै मन्त्रालयमा थन्क्याइयो । भिख थापेको शैलीमा अध्यक्षले एउटै मन्त्रीमा चित्त बुझाइदिनुभयो । जब प्रधानमन्त्रीले हाम्रो पार्टीलाई एउटा मात्र मन्त्रालय दिने अडान देखाएको आभास भयो, त्यसपछि हामीले केन्द्रीय समितिको बैठक बोलाएर राय लिनुहोस् भनेर अध्यक्षलाई बारम्बार घचघच्याएका थियौ“ । तर, आफ्ना छोरालाई मन्त्री बनाउने मिसनमा रहनुभएका अध्यक्षले पार्टीका सिनियर नेतालाई राज्यमन्त्रीमा अल्झाएर दुईवटा मन्त्री पाएको भ्रम छर्नेगरी हतार–हतार एक्लै निर्णय लिइदिनुभयो । यस्तो शैलीको विरोध हुनु के आश्चर्य र अस्वाभाविक कुरा भयो र ? चुनावको समीक्षासमेत अहिलेसम्म भएको छैन, पार्टीका विभागहरू गठन हुन सकेका छैनन्, लथालिङ्ग अवस्थामा छ, निस्प्राण छ पार्टी । यस्तो अवस्थामा छोरालाई मन्त्री बनाउन मात्र हतारो देखाउनुभयो अध्यक्षले । अनि कुन स्वाभिमानी र इमानदार कार्यकर्ताको चित्त बुझ्छ त ?
० सूर्यबहादुरजीले चुनाव जितेर आएका छोरालाई मन्त्री बनाउन नपाउने भन्ने त छैन नि, कि कसो हो ?
– छोरा, नाति जसलाई बनाउने भए पनि बनाउन नमिल्ने भन्ने होइन । कुन नाता पर्छ भन्ने मात्र सवाल होइन नि यो । वास्तवमा व्यक्तिविशेषको सवाल नै होइन यो, पार्टीको प्रवृत्ति र विधिको कुरा पो गरेको त । बेथितिपूर्ण ढङ्गले पार्टी अघि बढ्न सक्दैन भन्ने हाम्रो कुरा हो ।
० जसलाई मन्त्री बनाए पनि आपत्ति हु“दैन भनी कार्य सम्पादन समितिको बैठकबाट सहमति त तपाईंहरूले नै दिएको हो भनेपछि यसरी अहिले कोकोहोलो मच्चाउन सुहाउ“छ र भन्या ?
– त्यो बैठकले दुईवटा मन्त्रालय नपाएसम्म जानै हु“दैन भनेको थियो । यसतर्फ किन विचार गरिएन ?
० जम्मा १३ वटा सभासद् भएको दलले दुई–दुईवटा मन्त्रालय ताक्न मिल्छ र ?
– सरकारको समीकरणमा जाने हो भने काङ्ग्रेस र एमालेपछिको यो तेस्रो ठूलो दल हो । त्यसैले हाम्रो अस्तित्वअनुसार माग्नुपर्छ हामीले । पार्टीको अस्तित्व बोध गराउनका लागि पनि दुईवटा मन्त्रालय माग्नुपर्छ, नदिए सरकारमा जानैपर्छ भन्ने के छ र ?
० के अब तपाईंहरू मन्त्री फिर्ता बोलाउन चाहनुहुन्छ ?
– हामी त्यसो भनिरहेका छैनौ“, यो त तपसिलको विषय हो । मूल कुरा पार्टीलाई विधिवत् र लोकतान्त्रिक ढङ्गले अघि बढाउनुपर्छ भन्ने हो । मन्त्री नियुक्त गरिएको विषय त कारक मात्र हो, मुद्दा त पार्टी लथालिङ्ग, निस्प्राण र बेथितिग्रस्त भएकोले यसलाई बचाएर अघि बढ्नुपर्छ भन्ने हो । एउटा मन्त्रीको मामला मात्र होइन राप्रपा पार्टी नभई ‘पाटी’ बन्न पुगेको अवस्थाप्रति चिन्ता गरिएको हो । वास्तवमै हाम्रो पार्टी यतिबेला पार्टी नरहेर एउटा ‘पाटी’ नै बन्न पुगेको छ । त्यसैले यो एउटा राष्ट्रवादी पार्टीलाई पुनर्जीवित तुल्याउनु अपरिहार्य बनेको छ । समावेसी राष्ट्रवादमा विश्वास गर्ने पार्टी हो यो, प्रजातन्त्र र जनपक्षीय पु“जीवाद तथा उदारवादलाई आधार मान्ने यो पार्टी हो । यस्तो सैद्धान्तिक जग भएको पार्टीलाई आज ‘पाटी’मा रुपान्तरण गर्ने चेष्टा जो हुन थालेको छ, यो कुनै पनि स्वाभिमानी राप्रपा–कार्यकर्तालाई सैह्य हु“दैन । पचहत्तरै जिल्लामा कार्यकर्ताहरू छन्, पार्टी इकाईहरू छन्, अब सबैलाई समेटेर जगाउनु प¥यो, मुलुकलाई नेतृत्व दिन सक्ने दल राप्रपालाई त्यही हैसियतमा उठाउनु प¥यो भन्ने आवाज उठाउनु त प्रत्येक सचेत कार्यकर्ताको दायित्व नै हो नि ।
० तपाईंहरूले नचाहेर पनि अध्यक्षले सुनिल थापालाई मन्त्री बनाइसके, अब के गर्नुहुन्छ त ?
– के गर्ने भनेर आकाश खसाउनेतिर लाग्ने हाम्रो मनसाय होइन । तर, पार्टी निस्प्राण बनेको छ, बेथितिमा डुबेको छ, यसबाट उकास्नुपर्छ । हाम्रा सम्माननीय अध्यक्षज्यूका आफ्नै वरपरका साथीहरूलाई पनि यो कुरा चित्त बुझेको छैन नि ।
० त्यसो भए राप्रपा फेरि फुट्ने भयो, हो ?
– होइन, फुट्ने–फुटाउने कुरा कसले गरेको छ ? राप्रपालाई जगाउ“छौ“, नया“ जीवन दिन्छौ“, पार्टीलाई ‘पार्टी’कै रूपमा अघि बढाउ“छौ“ भन्नु फुट्न खोज्नु हो र ? फुटको होइन यो पार्टी–जीवन्तताको प्रमाण हो ।
० थापाजीलाई अध्यक्षबाट त हटाउनुहोला नि तपाईंहरूले अब, होइन ?
– हटाउनै पर्दैन, यसमा त पहिले नै समझदारी बनिसकेको छ पार्टीभित्र ।
० कस्तो समझदारी ?
– प्रत्येक वर्ष आलोपालो गरी चार वर्षसम्म अध्यक्ष फेरिने । पहिलो वर्ष सूर्यबहादुर थापा, दोस्रो वर्ष लोकेन्द्रबहादुर चन्द, तेस्रो वर्ष पशुपतिशमशेर राणा र अर्को वर्ष प्रकाशचन्द्र लोहनीले पार्टी अध्यक्षको जिम्मेवारी सम्हाल्ने भन्ने त तय भइसकेकै कुरा हो नि । त्यसअनुसार अब थापाज्यूको ‘टर्म’ समाप्त हुनै लागेको छ ।
० यसरी तपाईंको पालो आउने बेलासम्ममा त राप्रपा चार चिरामा विभक्त होलाजस्तो छ त ?
– असम्भव । यस्तो हु“दैन । फुटको पीडा झेलिसकेकाले अब हाम्रो पार्टीले त्यस्तो आत्मघाती कदम चाल्दैन । पार्टीलाई पुनर्जीवन दिने भनेर हामीले आवाज उठाएकै पार्टीलाई बचाउन हो, फुटाउन होइन । पार्टी अब कसैको मुठ्ठीमा रहन सक्दैन, आमकार्यकर्ताको भावना बोकेर यो अघि बढ्नुपर्छ । त्यही दिशातिर लैजान हामी सबै कटिबद्ध हुनुपर्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ, १९ बैशाख । विश्वमा कोरोना माहामारीका कारण नेपाल लकडाउन भएको १ महिना भन्दा बढी भइसक्यो । यो एक महिनाको

निरोज कुमार थापा, काठमाडौँ, १० असार । सबै मानिसहरु आफ्नो कर्ममा सफल हुन्छन् भन्ने छैन । तर निरन्तरको लगाव, कामप्रतिको

पर्यटन प्रवद्र्धनका लागि सन् २०१७ बाट हरेक वर्ष हिमालय ट्राभल मार्ट आयोजना हुँदै आएको छ । यसवर्ष पनि जुन ६

निरोज कुमार थापा, काठमाडौँ, ६ बैशाख ।  नेपालमा होमस्टेको इतिहाँस लामो छैन। यो अभियानले गति लिएको एक दशक पनि भएको