भक्तपुरमै आठ सय ग्राहक कालो सूचीमा

३ बैशाख २०७१, बुधबार २०:१७ मा प्रकाशित


भक्तपुर, ३ वैशाख । नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखामा ११ करोडभन्दा बढी रकम विद्युत् महसुलबापत ग्राहकबाट उठ्न बाँकी रहेको छ । निरन्तर प्रयास गर्दा पनि प्राधिकरणले बक्यौता उठाउन नसकेपछि त्यस्ता ग्राहकको नाम कालोसूचीमा राखेको छ ।
शाखाअन्तर्गत रहेको विद्युत्का ग्राहकबाट अहिलेसम्म ११ करोड ८७ लाख तीन हजार २४३ बाँकी बक्यौता उठ्न बाँकी रहेको शाखा इञ्चार्ज शशि अर्यालले जानकारी दिए ।
कालोसूचीमा समावेश गरिएका ग्राहकबाट मात्रै दुई करोड २९ लाख ९९ हजार ९१० बाँकी बक्यौता रहेको उनले बताए । कालोसूचीमा पर्नेमा २०४० साल अघिदेखिका ग्राहकसमेत रहेको उनको भनाइ छ ।
त्यसैगरी प्राधिकरणले गत साउनयता विद्युत् महसुलबाट १७ करोड ३७ लाख सात हजार ९५८ सङ्कलन गरेको छ । जसमा साउनयता उठ्न नसकेको १५ लाख २१ हजार ९५९ बाँकी बक्यौता रहेको अर्यालले बताए ।
शाखाका इन्जिनियर लखनलाल साहले बाँकी बक्यौता रकम उठाउन कार्यालयले ताकेता गर्ने र सूचना जारी गर्ने कार्य गरेको बताए ।
महसुल नतिर्ने ग्राहकको विद्युत्को लाइन काटेपछि ग्राहक नै महसुल तिर्न नआउने गरेको र त्यस्ता ग्राहक छ महिनासम्म नआएमा उनीहरूको नाम कालोसूचीमा समावेश गरिने गरेको उनको भनाइ थियो ।
बाँकी बक्यौता रहेकाले एकमुष्ठ रुपमा सबै रकम नतिरेसम्म लाइन जडान नगर्ने प्रावधानका कारण पनि महसुल उठाउन समस्या आएको प्राधिकरणको भनाइ छ ।
ग्राहकले बाँकी बक्यौताको आधा रकम तिरेर लाइन जडान गरिदिए बाँकी रकम किस्ताबन्दीमा हरेक महिना तिर्दै जाने बताए पनि सबै रकम तिरेरमात्र लाइन जडान गरिदिने प्रावधानका कारण उठ्ने रकम पनि उठ्न नसकेको प्राधिकरणको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौं । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवा जति खाडीमा । तिनै युवाले

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैङ्कले आज सूचना प्रकाशित