प्राध्यापक संघको आन्दोलन स्थगित

३ बैशाख २०७१, बुधबार १६:५८ मा प्रकाशित

काठमाडौं, ३ वैशाख । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले त्रिवि प्राध्यापकको वृद्धि गरिएको तलब तीनहप्ताभित्र पाउने लगायत सत्रबुँदे माग पूरा हुने सहमति भएपछि दुई महिनादेखि गर्दै आएको आन्दोलन स्थगित गरेको छ ।
संघले आज (बुधबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफ्ना मागहरु त्रिभुवन विश्वविद्यालयले पूरा गर्ने लिखित प्रतिबद्धता जनाए पछि आन्दोलन स्थगित भएको उल्लेख गरेको छ ।
संघका सभापति योगेन्द्रनारायण बडबरियाले त्रिविले प्राध्यापकका माग पूरा गर्ने लिखित प्रतिबद्धता जनाएको हुनाले आन्दोलन स्थगित गरेको उल्लेख बताए ।
त्रिविले प्राध्यापकको वृद्धि भएको तलब आगामी तीन हप्ताभित्र पाउने, उपप्रशिक्षक लगायत बाँकी पदका विज्ञापन आगामी दुई हप्ताभित्र त्रिवि सेवा आयोगमा पठाइने, नेपाल सरकारबाट एक हजार ३८० शिक्षण सहायक करार सेवाको कोटा दिइएकोमा ९०० लाई उपप्राध्यापकको दरबन्दीमा परिणत गर्ने लगायतका मागहरु रहेका थिए ।
संघले त्रिवि मुख्य प्रवेशद्वारमा गत फागुन १ गतेदेखि धर्ना, रिले अनशन बस्दै वैशाख २ गतेबाट आमरण अनशनको घोषणा गरेको थियो ।
संघमा आवद्ध आठ हजार प्राध्यापक र सात हजार कर्मचारीका लागि प्राध्यापकले आन्दोलन गरेको सभापति बडबरियाले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

आजको प्रमुख समाचार