चलचित्र कलाकार संघ पुरस्कार बुढाथोकीलाई

३ बैशाख २०७१, बुधबार १६:४० मा प्रकाशित


काठमाडौं, ३ वैशाख । नेपाल चलचित्र कलाकार संघले हरेक वर्ष प्रदान गर्ने ‘नेपाल चलचित्र कलाकार संघ पुरस्कार २०७१’ बाट यस वर्ष निर्देशक रमेश बुढाथोकीलाई सम्मानित गर्ने निर्णय गरेको छ ।

संघको मंगलबार राजधानीमा बसेको बैठकले ५१ हजार एक सय रुपियाँ राशिको पुरस्कार कलाकार समेत रहेका बुढाथोकीलाई प्रदान गर्ने निर्णय गरेको हो ।

यसअधि सो पुरस्कारबाट कलाकारहरु वसुन्धरा भुषाल, भुवन चन्द, नीर शाह, हरिहर शर्मा, शर्मिला मल्ल, शिव श्रेष्ठ, कृष्ण मल्ल, सकुन्तला शर्मा सम्मानित भइ सकेका छन् ।

त्यसैगरी १५ हजार एक सय राशिको ‘शान्ति मास्के पुरस्कार २०७१’ कलाकार भीमबहादुर थापा, ‘नवप्रतिभा पुरस्कार २०७१’ नायिका रीमा विश्वकर्मालाई प्रदान गर्ने निर्णय गरेको संघका अध्यक्ष नवल खड्काद्वारा आज (बुधबार) जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी, प्रदीप भट्टराई र प्रतावचन्द्र तामाङलाई ‘विशेष सम्मान २०७१’ एवम् सानुकुमार ताम्राकार, विजय देउजा र रवि गिरीलाई ‘नेपाल चलचित्र कलाकार सेवा सम्मान’ प्रदान गरिने भएको छ । सञ्चारकर्मी सानुकाजी श्रेष्ठ र विजय आवाजलाई ‘नेपाल चलचित्र पत्रकार सम्मान’ प्रदान गरिने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया