एमाले नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुन्छ : गौतम

३ बैशाख २०७१, बुधबार १७:१३ मा प्रकाशित

काठमाडौं, ३ वैशाख । उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले पार्टीको आगामी नवौँ महाधिवशेनबाट नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुने बताएका छन् ।

अखिल नेपाल किसान महासंघले आज (बुधबार) काठमाडौंमा आयोजना गरेको अन्तक्र्रियामा गौतमले एमालेमा नेतृत्व हस्तान्तरण हुनु पर्ने बताए । ‘एउटै व्यक्तिले कति नेतृत्व गर्ने ?,’ उनले भने, ‘यसपटक सर्वसम्मत नेतृत्व निर्माण गर्नुपर्छ । त्यो सम्भावना पनि बलियो देखिएकाले नयाँ व्यक्तिमा नेतृत्व हस्तान्तरण हुन्छ ।’

उपप्रधानमन्त्री गौतमले महाधिवेशनपछि हुने नेतृत्व हस्तान्तरणले पार्टीलाई थप एकताबद्ध बनाएर लैजाने दाबी गरे ।

एक फरक प्रसंगमा उनले एक वर्षभित्रै संविधान जारी गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले पछिल्लो समय संविधान निर्माणका क्रममा देखिएका केही विवाद चाँडै समाधान हुने विश्वास पनि व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र