कांग्रेस र एमाले बाह्र बुँदे उल्लंघन गर्दै छन् : चन्द

३ बैशाख २०७१, बुधबार १४:११ मा प्रकाशित


कालीकोट, ३ वैशाख । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले पुराना मुद्दा ब्युँत्याएर कांग्रेसले देशलाई युद्धतिर धकेल्न खोजेको आरोप लगाएका छन् ।

नेकपा–माओवादी कालीकोटको दोस्रो जिल्ला सम्मेलनको आज (बुधबार) उदघाटन गर्दै नेता चन्दले कांग्रेस र एमाले बाह्र बुँदे सहमतिबाट पछि हटेको बताए । उनले यस्तै अवस्था रहे मुलुक द्धन्द्धमा जाने बताए ।

‘बाह्रबुँदे सहमतिमा उल्लेखित बुँदामा संविधानमा जनताका कुरा लेख्ने विषय समावेश छ,’ उनले भने, ‘अहिले परिस्थिति सहज भएपछि कांग्रेस र एमाले त्यसबाट पछि हटेका छन् ।’

उनले सञ्चारमाध्यममा आएका कुरा गरेर मात्र पार्टी एकता नहुने बताए । ‘पार्टी एकताका लागि कार्यनीति र रणनीतिका बारेमा एकरुपता हुनु पर्छ,’ उनले भने । नेता चन्दले यथाअवस्थामा एमाओवादीसँग पार्टी एकता नहुने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा