‘प्रचण्ड’ पुत्र प्रकाश दुर्घटनामा

३ बैशाख २०७१, बुधबार ११:४६ मा प्रकाशित

बर्दिया, ३ वैशाख । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पत्रु प्रकाश दाहाल वर्दिया राष्ट्रिय निकुञ्जमा दुर्घटनामा परेका छन् ।

दुई जना साथीसँग ब ११ च ५०२४ नम्बरको जीपमा घुम्न निस्किएका प्रकाश मंगलबार करिव साढे चार बजे दुर्घटनामा परेका हुन् । दुर्घटनामा परे लगत्तै उनी मेडिकल कलेज कोहलपुर आएर उपचार गराएका थिए । प्रकाशसँगै दुर्घटनामा पर्नेमा मुकेश दराई र तुलसी डाँगी पनि रहेका छन् ।

पूर्वपश्चिम महेन्द्र राजमार्गको बर्दिया राष्ट्रिय निकुञ्जस्थित बबई नदी नजिक प्रकाश दुर्घटनामा परेको प्रहरी भनाई छ । दुर्घटना पछि प्रकाश र उनका साथीहरुलाई स्थानीय र सुरक्षाकर्मीले उद्धार गरेका थिए ।

सामान्य घाईते भएका प्रकाशको स्वास्थ्य अवस्था सामान्य छ । प्रकाशले सडकमा हिँडिरहेको साईकल जोगाउन खोज्दा दुर्घटना भएको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र