संसद बैठक चल्न नदिने एमाओवादी निर्णय

३ बैशाख २०७१, बुधबार ११:३६ मा प्रकाशित


काठमाडौं, ३ वैशाख । गोरखाको फुजेल हत्या प्रकरणमा पक्राउ परेका कार्यकर्ताको रिहाई माग गरेको एमाओवादीले व्यवस्थापिका संसदको बैठक अबरुद्ध गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा आज (बुधबार) बसेको संसदीय दलको बैठकले माग सम्बोधन नभए सम्म संसद बैठक अबरुद्ध गर्ने निर्णय भएको सभासद टोपबहादुर रायमाझीले जानकारी दिए । ‘द्वन्द्वकालीन मुद्दा उठाएर निर्दोशलाई फसाईएको छ,’ उनले भने, ‘पक्राउ परेका कार्यकर्ता विनासर्त रिहाई नहुँदासम्म सदन चल्न दिँदैनौं ।’
उनले द्वन्द्वकालीन घटनालाई लिएर एमाओवादीका कार्यकर्तालाई सरकारले दुःख दिएको बताए । ‘कांग्रेस र एमालेले मौका छोपेर पेल्न खोजेका छन्,’ रायमाझीले भने, ‘विस्तृत शान्ति सम्झौता विपरित सरकारले मुद्दा चलाएकाेि छ ।’
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमाले १२ बुँदे सहमति, शान्ति प्रक्रिया बिथोल्न लागेको भन्दै आक्रोशित भएका थिए । संसद बैठक अबरुद्ध गर्नु अघि एमाओवादीले आफ्ना पूर्व उपाध्यक्ष बाबुराम भट्टराईले बोल्न समय दिने जनाएको छ ।
यसैबीच, एमाओवादीले संसदीय दलको नेता पनि चयन गरेको छ । झण्डै छ महिना पछि एमाओवादीले दलको नेता र सचेतक टुङ्गो लगाएको हो ।
संसदीय दल नेतामा अध्यक्ष दाहाल र सचेतकमा सभासद गिरिराजमणि पोखरेललाई चयन भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार