झापामा सत्तरी वर्षीया वृद्धाको हत्या

३ बैशाख २०७१, बुधबार ११:३२ मा प्रकाशित


भद्रपुर, ३ वैशाख । झापामा अपरिचित समूहले सत्तरी वर्षीय वृद्धालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको छ ।
चारपाने–६ बस्ने वृद्धा तारा राजवंशीलाई मंगलबार बेलुका आठ÷दस जनाको समूहले हत्या गरेको हो । उनकी बुहारी मीना राजवंशीलाई पनि सो समूहले हतियार प्रहार गरेर गम्भीर घाइते बनाएको छ ।
मीनाको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । उनको अवस्था गम्भीर छ ।
घटनामा संलग्न रहेको आशंकामा डाँगीबारी–१ का जोगेन्द्र राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले

काठमाडौं । झापा क्षेत्रमा भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे,