लसएन्जलसमा एएनएसको नयाँ बर्ष कार्यक्रम सम्पन्न

३ बैशाख २०७१, बुधबार ०८:४९ मा प्रकाशित

लसएन्जलस । क्यालिफोर्नियाको लस एन्जलस क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले नयाँ वर्ष बिक्रम संवत २०७१ बिबिध कार्यक्रम आयोजना गरी मनाएका छन । अमेरिका नेपाल सोसाईटीले आयोजना गरेको उक्त कार्यक्रममा ठुलो संख्यामा स्थानिय बासिन्दाहरुको सहभागीता रहेको थियो । अमेरिकन तथा नेपाली राष्ट्रिय गीत, बाट शुरु भएको कार्यक्रममा स्थानिय कलाकारहरु अनु गौतम, वर्षा गौतम, सबन श्रेष्ठ, शैका गौतमले गायन प्रस्तुत गरेका थिए । सो अबसरमा एएनएसक़ा अध्यक्ष सुर्य मानन्धरले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । सोसाईटीका संस्थापक अध्यक्ष समाजसेवी वेदभक्त जोशी र निबर्तमान अध्यक्ष रबिन श्रेष्ठले सम्बोधन गरेका थिए ।
स्थानिय हबेली रेस्टुरेन्टमा आयोजित कार्यक्रममा गायन तथा संगीतमा सहभागीहरुले भरपुर मनोरन्जन लिएका थिए । गायिका अपला उपाध्याय र मनिता गोपाल जोडीले बेजोड प्रस्तुति रहेको थियो भने विकास श्रेष्ठ, रिजित जोशी सम्ब्रिधि, आशनले पनि आफ्नो कला कारिता प्रस्तुत गर्नुभएको थियो । बाणिज्यदुत श्री ऋषि ढकालले एएनसको महत्व, र संस्थामा एक भएर लाग्दा श्रीपशुपथिनाथ फाउन्डेशनको उन्नाति बारेमा आफ्नो मन्तब्य राख्नुभएको थियो । साथै भारतीय गायक जगदीश घईले सम्पूर्ण दर्शकको मन जित्ने गरी पुराना भारतीय गित प्रस्तुत गरेका थिए । अंकित र रबिनले डिजे प्रस्तुत गरेका थिए भने सोसाईटीका सचिब मोनिका शाक्य र सह-अध्यक्ष रोसु मानन्धरले गेम र नेपालको बारेमा स्लाईड शो गरेका थिए । अहना शिंगले संचालन गर्नुभएको कार्यक्रममा सोसाईटीका कोशाध्यक्ष चिरन्जिबी गौतमले उपस्थित सहभागीहरुलाई धन्यवाद मन्तब्य ब्यक्त गरेका थिए ।
सहभागीहरुलाई रात्रीभोजको ब्यबस्था गरिएको उक्त कार्यक्रममा कलाकारहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार वितरण गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

आजको प्रमुख समाचार