अब संसदमा दर्शकलाई स्कर्टिङ

३ बैशाख २०७१, बुधबार ०८:०० मा प्रकाशित


काठमाडौं, ३ वैशाख । संविधानसभा र संसद् बैठक हेर्न चाहने दर्शकलाई प्रवेशद्वारबाटै स्कर्टिङ हुने भएको छ । दर्शक स्वयंबाटै हुन सक्ने संसदीय मर्यादा उल्लंघनका घटना रोक्न यस्तो गर्न लागिएको हो ।

आन्दोलनरत अस्थायी शिक्षकहरूले चैत २६ गते संसद् बैठक चलिरहेका बेला दर्शदीर्घामा गरेको नाराबाजीपछि संविधानसभारसंसद्मा दर्शक पास वितरण र सुरक्षा व्यवस्था परिवर्तन हुन लागेको हो । संसद् सचिवालयका सहसचिव कृष्णहरि खड्का नेतृत्वको तीन सदस्यीय छानबिन समितिले बैठक कक्षभित्रै नाराबाजीको उक्त घटनाले संसदीय मर्यादामा आँच पुर्‍याएको ठहर गर्दै दर्शक प्रवेश प्रणाली सुधारको सिफारिस गरेको हो ।

समितिमा उपमर्यादा पालक हरिभक्त खड्का र डीएसपी राजेन्द्रप्रसाद श्रेष्ठ सदस्य थिए । समितिले संविधानसभारसंसदा महासचिव मनोहरप्रसाद भट्टराईलाई मंगलबार बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि भने केही समय कुर्नुपर्ने छ । प्रतिवेदन अध्ययनको क्रममा छ, संसद् सचिवालयका प्रवक्ता मुकुन्द शर्माले भने, संविधानसभा अध्यक्ष, उपाध्यक्ष र सरोकारवाला अन्य निकायसँगको छलफलपछि यसलाई कार्यान्वयनमा लगिनेछ ।

यो कार्यान्वयनमा आएपछि दर्शकहरू सभाभवन परिसरको जतासुकै जाने र प्रवेश पाएका दिन जतिबेलासम्म पनि भित्र बस्ने परिपाटी अन्त्य हुनेछ । समितिले दर्शकलाई रातो र अन्य आगन्तुकलाई हरियो अस्थायी पास जारी गर्ने नयाँ व्यवस्था प्रस्ताव गरेको छ । जसअनुसार सभासदले दिने एक दिने प्रवेश पास पाएका दर्शकको परिचयपत्र नागरिकता, सवारी चालक अनुमतिपत्र वा सरकारी कार्यालयको परिचयपत्र राखेर रातो अस्थायी प्रवेश पास दिइनेछ ।

यस्तो पास लिने प्रक्रिया पूरा गरेका दर्शकलाई मर्यादापालकको स्कर्टिङमा सोझै दर्शक दीर्घामा लगिने र बैठक सकिनासाथ स्कर्टिङमै भवनबाहिर पठाइने व्यवस्था हुनेछ । यस्तो स्कर्टिङ र उनीहरूको सामान सुरक्षाका लागि छुट्टै स्थान मिलाउन कम्तीमा दस जना मर्यादापालक थप गर्नुपर्ने समितिको सुझाव छ ।

छानबिन समितिले नाराबाजीलगायत संसदीय मर्यादाविपरीतका कार्यमा संलग्नहरूलाई कारबाही गर्ने स्पष्ट कानुनी व्यवस्था गर्न सिफासिर गरेको छ । संविधानसभाको नियमावलीमा संसदीय मर्यादामा प्रतिकूल असर पर्ने कुनै कार्य गर्न नहुने उल्लेख भए पनि त्यसो गर्नेलाई के कारबाही गर्ने भन्ने स्पष्ट व्यवस्था छैन । संविधानसभा हातामा शान्ति सुव्यवस्था कायम गर्ने र प्रवेश अनुमति नियमित गर्ने अधिकार भने संविधानसभा अध्यक्षलाई छ ।

नाराबाजीमा संलग्न आठ अस्थायी शिक्षकलाई दर्शक पास उपलब्ध गराउने सभासदको नाम पहिचान गरेको छानबिन समितिले उनीहरूलाई समेत काराबाहीको दायरामा ल्याउने कानुन बनाउन सिफारिस गरेको छ । नाराबाजीमा संलग्न अस्थायी शिक्षकलाई पास उपलब्ध गराउने आठमध्ये पाँच जना एमालेका सभासद छन् भने तीन जना साना दल सम्बद्ध सभासद छन् ।

प्रतिवेदनका अनुसार नाराबाजीमा संलग्नहरूले एमाले सभासदहरू कृष्णप्रसाद पौडेल, ताराकान्त चौधरी, जुनैद अन्सारी, मञ्जुकुमारी चौधरी र शिवकुमारी गोतामे, संघीय समाजवादी पार्टीका काशीम अली सिद्धिकी, फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी रुकमिणी चौधरीले सांसद सुविधा शाखाबाट हस्ताक्षर गरी बुझेको पास प्रयोग गरेका थिए ।

सभासदबाट दर्शक पास पाएकाहरूले मूलद्वारमा सुरक्षाकर्मीको र भित्री प्रवेशद्वारमा मर्यादापालकको सामान्य सुरक्षा जाँचपछि दर्शकदीर्घासम्म प्रवेश पाउँदै आएका छन् । उक्त दर्शक पासमा भित्र जानेको नाम उल्लेख गरिए पनि त्यसलाई सम्बन्धित व्यक्तिको परिचयपत्रसँग भिडाएर हेर्ने गरिएको छैन । छानबिन समितिले प्रवेशद्वारमा सुरक्षा जाँचका लागि अत्याधुनिक यन्त्र जडान गर्न पनि सुझाव दिएको छ ।

सभाभवन भित्रको सुरक्षाका लागि ९१ मर्यादापालक ९काजमा गएका प्रहरी० र बाहिरी सुरक्षाका लागि ७० प्रहरी खटिएका छन् । बैठक कक्षको बाल्कोनीमा दर्शकका लागिमात्र २ सय ६५ सिट छन् । त्यससँगै विशिष्ट र कूटनीतिज्ञका लागि ८५, दलका विशिष्ट कार्यकर्ताका लागि ६५ र पत्रकारकार लागि ६५ सिट छुट्याइएको छ । यी सबैको रेखदेखका लागि खटिएका मर्यादापालकको संख्या कम भएको र अनुशासन कायम गराउने काम प्रभावकारी नभएको छानबिन समितिको निष्कर्ष छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकी सेना प्रमुखसहितका उच्च सुरक्षा अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गरेका

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

आजको प्रमुख समाचार