पार्टी जोगाउन अध्यक्षमा उठ्दैछु : नेपाल

३ बैशाख २०७१, बुधबार ०७:५५ मा प्रकाशित

काठमाडौं, ३ वैशाख । एमाले बरिष्ठ नेता माधवकुमार नेपालले पदीय आकांक्षाु नभई पार्टी बचाउनु अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीभित्र डनवादी प्रवृत्तिु हावी भएको र त्यसबाट जोगाउन अध्यक्षमा अघि सार्नुपरेको उनले उल्लेख गरे ।

पार्टी बचाउन र क्रान्तिकारी बाटो स्थापीत गर्न म अध्यक्षमा उठ्न लागेको हुू, राजधानीमा केही पत्रकारहरुसग मंगलबार कुराकानी गर्दै नेता नेपालले भने, यो मेरो पार्टीभित्रको अराजक चिन्तनविरुद्घको लडाई पनि हो ।

आसन्न नवौं महाधिवेशनमा अध्यक्षका अर्का आकांक्षी केपी ओलीतर्फ संकेत गर्दै नेपालले उनको हातमा नेतृत्व पुगे एमाले समाप्तीको दिशातर्फ जाने दाबी गरे । महाधिवेशन घोषणापछि केही जिल्लाको भ्रमणसमेत गरिसकेका नेपालले आफूलाई कार्यकर्ताले पार्टी नेतृत्व लिन आग्रह गरेको समेत उल्लेख गरे ।

पार्टीको नेतृत्व गर्ने क्षमता विचार, सक्रियता, जुझारुपनलगायतले मापन हुने उनले बताए । हवाईजहाजबाट ओर्लदा अघि पछि लाग्ने मोटरसाईकल कति छन्, त्यसको आधारमा पार्टीको नेतृत्व लागि योग्य भइदैन । यसरी पार्टी चल्दा पनि चल्दैन, नेता नेपालले व्यंगात्मक शैलीमा भने, पार्टीलाई गतिशील र क्रियाशील बनाउने मेरो अभियान हो ।

उनले केपी ओली र वामदेव गौतमतर्फ लक्षित गर्दै उनीहरुलाई पार्टीभित्र गुटबन्दी हावी गराउने नेताका रुपमा चित्रण गरे । गुटको मानसिकतामात्र बोक्ने नेताले पार्टीका सबै कार्यकर्तालाई न्याय गर्न नसक्ने उनको भनाई छ ।

आफू एक कार्यकालमात्र पार्टीको प्रमुख भएर चलाएको उल्लेख गर्दै अहिले प्रणाली फेरिएकाले अध्यक्षमा उठ्ने कुरा स्वाभाविक भएको नेपालको भनाई छ । पहिले महासचिव प्रणाली हुँदा त्यो पनि सातौ महाधिवेशनपछि एक कार्यकालमात्र म प्रमुख भएको हुू । तर अहिले पार्टी अध्यक्षात्मक प्रणालीमा गएको छ, नेता नेपालले भने, के प्रधानमन्त्री भइसकेको व्यक्ति राष्ट्रपति हुन पाउँदैन भन्ने हुन्छ रु त्यस्तै कुरा हो यो पनि ।

२०५० सालमा मदन भण्डारीको निधनपछि नेपाल एमालेको महासचिव बनेका थिए । मनमोहन अधिकारीको निधनपछि एमाले ०५९ सालको सातौ महाधिवेशनबाट महासचिव प्रणालीमा गएको थियो । त्यसपछि मात्र पूर्ण रुपमा आफू एक कार्यकाल पार्टीको प्रमुख भएको नेपालको जिकिर छ । आफ्नै नेतृत्वमा मुलुकमा राजनीतिक रुपान्तरण भएकाले अब आर्थिक रुपान्तरणका लागि पनि आफैले नेतृत्व गर्ने नेपालले बताए ।

नेपाल हालका अध्यक्ष झलनाथ खनालनिकट र उपाध्यक्ष गौतमसंग रुष्ट रहेका माले पृष्ठभूमिका केही नेतालगायतको बलमा महाधिवेशनमा अध्यक्षमा उठ्ने तयारीमा लागेका हुन् । अध्यक्ष खनाल भने कसैको पक्षमा खुलिसकेका छैनन् । तर उनीनिकट नेताहरु भने नेपालको पक्षमा खुल्न थालेका छन् । अन्त्यमा खनालले पनि आफैलाई सघाउने नेपालको विश्वास छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई