चिनियाँ भू–भागमा युवकको मृत्यु

३ बैशाख २०७१, बुधबार १०:१६ मा प्रकाशित

रसुवा, ३ वैशाख । कामको सिलसिलामा चिनियाँ भू–भागमा गएका एक नेपालीको ट्रयाक्टर दुर्घटनामा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार सरमथली गाविस–६ का एक युवकको रसुवागढीबाट १७ किलोमिटर उत्तर चिनियाँ क्षेत्रको तातोपानी च्याङ भन्ने ठाउँमा ट्रयाक्टर दुर्घटनामा परी मृत्यु भएको हो ।

प्रारम्भिक जानकारीअनुसार ट्रयाक्टरमा सामान लोड गर्ने क्रममा एक्कासी ट्रयाक्टर गुड्न जाँदा दुर्घटना भएको बताइएको छ ।

सीमा क्षेत्रका आसपासमा चिनियाँ पक्षले विभिन्न पूर्वाधारको संरचना बनाइरहेको र नेपाली कामदार सोही निर्माणसम्बन्धी कामका लागि सहभागी हुने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता

विराटनगर । निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

आजको प्रमुख समाचार