विराट बहिरा माध्यामिकमा इन्जिनियरिङ विषय पठनपाठन

३ बैशाख २०७१, बुधबार १०:०१ मा प्रकाशित

विराटनगर, ३ वैशाख । विराटनगर–५ स्थित विराट बहिरा माध्यामिक विद्यालयले यसै नयाँ शैक्षिक सत्रदेखि इन्जिनियरिङ विषयको पढाइ शुरु गर्ने भएको छ ।

प्राविधिक शिक्षामा भिन्न क्षमता भएका बालबालिकाको पहुँच बढाउन इन्जिनियरिङ विषयको शिक्षण शुरु गर्न लागिएको विद्यालयले सोमबार जानकारी दिएको हो ।
क्षेत्रीय शिक्षा निर्देशनालयका उपनिर्देशक टङ्क गौतमले शिक्षालाई व्यावसायीकरण गर्न कक्षा ९ देखि नै व्यावसायिक शिक्षाको आधार तयार गर्ने योजनाअनुसार विराट बहिरा माविले प्राविधिक शिक्षा अध्यापन कार्य गर्न लागेकामा खुशी व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश पौडेलले अन्य विद्यालयका विद्यार्थीभन्दा भिन्न र फरक क्षमता राख्ने विद्यार्थी अध्ययन गर्दै आएको यस विद्यालयले यसै शैक्षिक सत्रदेखि इन्जिनियरिङ विषयको शिक्षण कार्य सुरुवात गरेकोे जानकारी दिए ।

विद्यालयले इन्जिनियरिङ विषयको पढाइ शुरु गर्न आवश्यक भौतिक संरचना निर्माण कार्य पूरा गरेको तथा अन्य आवश्यक शैक्षिक सामग्री खरिद प्रक्रिया अगडि बढाएकाले यसै शैक्षिक सत्रदेखि विद्यार्थीले इन्जिनियरिङ विषय अध्ययन गर्न पाउने विद्यालयकी प्रधानाध्यापिका मीनु अधिकारीले बताए ।

पूर्वाञ्चलका अधिकांश जिल्लाका विद्यार्थी अध्ययन गर्दै आएका छन् । सरकारले कक्षा ९ देखि नै व्यावसायिक शिक्षाका आधार तयार पार्ने नीतिगत व्यवस्था गरेपछि मोरङमा गत शैक्षिक सत्रदेखि तीनवटा विद्यालयमा प्राविधिक शिक्षाको शिक्षण शुरु गरेको छ ।

गत शैक्षिक सत्रमा मोरङका जनता मावि अमाहिवरियातीमा कृषि, सुकुना उच्च माविमा इन्जिनियरिङ र मच्छिन्द्र उच्चमावि केराबारीमा भेटनरी विषयको पठनपाठन कार्य शुरु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो

काठमाडौं।देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न