जिम्मेवारी पुरा गर्न नसके पछि कर्णले मैदान छाडे

२ बैशाख २०७१, मंगलवार १८:३९ मा प्रकाशित


काठमाडौं, २ वैशाख । नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्णले कार्यबाहक अध्यक्षको जिम्मेवारी एक जना केन्द्रीय सदस्यलाई दिएका छन् ।
अध्यक्ष कर्णले आज (मंगलबार) विज्ञप्ति जारी गरेर कार्यबाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय सदस्य मनोहरि श्रेष्ठलाई दिएका हुन् । श्रेष्ठ कांग्रेस सभापति सुशील कोइराला निकटका मानिन्छन् ।
आफ्नो काम विशेष र व्यस्तताले गर्दा नेविसंघका जिम्मेवारी बहन गर्न नसकेको भन्दै कर्णले अध्यक्ष पदको कार्य श्रेष्ठलाई सुम्पेका हुन् । कर्ण समानुपातिक तर्फबाट सभासद बने पछि नेविसंघलाई समय दिन सकेका थिएनन् ।
अध्यक्ष कर्णले तोकिएको समयमा महाधिवेशन गर्न नसकेको आरोप पनि छ । उनले कोशिस गर्दागर्दै पनि महाधिवेशन गर्न नसकेकोमा उनको बिरोध पनि भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार