अफगानिस्तानका उपमन्त्री अपरहरित

२ बैशाख २०७१, मंगलवार १८:१६ मा प्रकाशित

काबुल, २ वैशाख । अफगानिस्तानका एकजना उपमन्त्रीलाई मङ्गलबार अपहरण गरिएको समाचार छ । मङ्गलबार बिहान कार्यालय जाँदै गरेका उहाँलाई राजधानी काबुलनजिकैबाट अपहरण गरिएको समाचारमा जनाइएको छ ।

अफगानिस्तानको गृह मन्त्रालयले दिएको जानकारीअनुसार उहाँलाई उहाँका सवारी चालकसहित अपहरण गरिएको छ ।

मङ्गलबार बिहान ७ बजे उहाँलाई हतियारधारीले राजधानी काबुल नजिकैको अर्काे नगर खरिखानाबाट अपहरण गरेका एकजना अधिकारीले आफ्नो नाम नबताउने शर्तमा जानकारी दिए ।

अफगानिस्तानका सार्वजनिक कार्यसम्बन्धी मन्त्री अहमद साह वाहिदलाई हतियारधारीले अपहरण गरेको समाचार सार्वजनिक भएको तर यस विषयमा सरकारले थप केही नबताएको पनि समाचारमा जनाइएको छ ।

काबुल प्रहरीका प्रवक्ता हसमतुल्लाह स्तानिकजायीले सो घटनाको पुष्टिगर्दै प्रहरीले उहाँको सुरक्षित रिहाइका लागि प्रक्रिया सुरु गरेको पनि जानकारी दिनुभयो ।

सो अपरहणका बारेमा थप केही समाचार सरकारले दिएको छैन । अपहरण किन र कसले ग-यो भन्ने बारेमा पनि केही बताइएको छैन ।

अफगानिस्तानमा फिरौतीका लागि धनाढ्य व्यक्तिको अपहरण गर्ने प्रचलन भने निकै पहिलादेखि नै रही अएको छ ।

यो अपहरण पनि यस्तै आपराधिक समूहबाट भएको हुनसक्ने अनुमान गरिएको छ । तर यस विषयमा तालिवानहरुले पनि केही बताएका छैनन् । एएफपी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । युक्रेन युद्धका बीचमा रुस, चीन र उत्तर कोरियाबाट हाइपरसोनिक मिसाइलको खतरा सामना गरिरहेको अमेरिकालाई ठूलो झट्का लागेको छ

प्योङयाङ । उत्तर कोरियाली जनताले दक्षिण कोरियाली सिमाना नजिक खसेका ‘अज्ञात वस्तुहरू’ छोएपछि कोभिड १९ महामारी सुरु भएको प्योङयाङका सरकारी

किभ । युक्रेनी सेनाले गत २४ फ्रेब्रअरीमा रुसीले युक्रेनमाथि आक्रमण थालेदेखि १ जुलाई सम्म ३५ हजार ७५० जना रुसी सैनिकको

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा