निकुञ्जको डढेलो नियन्त्रणमा आउन सकेन

२ बैशाख २०७१, मंगलवार १८:११ मा प्रकाशित


रसुवा, २ वैशाख । लामटाङ राष्ट्रिय निकुञ्जअन्तर्गत धुन्चे गाविसको ब्रावलपाखामा सोमबारदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।

त्रिशूली नदी आसपासबाट सोमबार बिहान अचानक शुरु भएको डढेलोले विकराल रुप लिएपछि सडकभन्दा माथिको भाग वनक्षेत्र जोगाउन फायर फायरिङ गरिएको निकुञ्ज प्रमुख चेतकुमार ढकालले जानकारी दिए ।

डढेलो नियन्त्रणका लागि नेपाली सेनाले प्रयास गरिरहेको छ । बढी हावाहुरी, भीरपाखा भएका कारण नियन्त्रण गर्न गाह्रो परिरहेको बताइएको छ ।

अहिलेसम्म दुई–तीन हजार हेक्टरभन्दा बढी वनजङ्गल आगोले नष्ट बनाइसकेको प्रारम्भिक अनुमान गरेता पनि वनस्पति, वन्यजन्तु, चराचुरुङ्गी के कति क्षति भए अझै आङ्कलन गर्न गाह्रो भइरहेको निकुञ्ज प्रशासनले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

टीकापुर । सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो