छोरालाई निजी छोरीलाई सरकारी

२ बैशाख २०७१, मंगलवार १७:१० मा प्रकाशित


चितवन, २ वैशाख । चितवनका अभिभावकले अझै पनि छोरालाई निजी र छोरीलाई सरकारी विद्यालयमा पढाउने गरेको तथ्याङकले देखाएको छ ।
जिल्ला शिक्षा कार्यालयको तथ्याङ्क अनुसार चितवनमा छोरीलाई सरकारी विद्यालयमा राखेर अध्यापन गराउने गरेका छन् । सबैको हकमा यो लागू नभएपनि केहीमा भने अझै पनि समस्या देखिएको छ ।

जिल्ला शिक्षा कार्यालयका अनुसार गत शैक्षिकसत्रमा सामुदायिक विद्यालयमा ५३ दशमलव ३४ प्रतिशत छात्राले अध्ययन गरेकोमा संस्थागततर्फ भने ४६ दशमलव ५३ प्रतिशत छात्राले मात्र अध्ययन गरेका थिए ।

गत शैक्षिक सत्रमा चितवनमा एक लाख ५९ हजार २ सय ३२ जना विद्यार्थी अध्ययनरत थिए । जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले कुल विद्यार्थीको संख्यामा छात्रा बढिरहेको बताए ।

छात्राको संख्या ८० हजार ७ सय ४५ अर्थात् ५० दशमलव ७४ प्रतिशत रहेको छ । छात्रको संख्या ७८ हजार ३ सय ७८ अर्थात् ४९ दशमलव २६ प्रतिशत रहेको छ ।

जिल्ला शिक्षा अधिकारी शर्माले छोराछोरीबीचको विभेद चितवनमा शिक्षामा अझै पनि रहेको बताए । विद्यालय बाहिर दुई प्रतिशतमात्र विद्यार्थी रहेको उल्लेख गर्दै उनले ती विद्यार्थीमा छात्र÷छात्रा संख्या पहिचान नभएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

आजको प्रमुख समाचार