संघीयताको बिरोधमा स्थानीय निकायको निर्वाचन : गजुरेल

२ बैशाख २०७१, मंगलवार १७:४९ मा प्रकाशित


सुर्खेत, २ वैशाख । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले संघीयतालाई पाखा लगाउनका लागि स्थानीय निकायको निर्वाचन गर्ने तयारी गरिएको आरोप लगाएका छन् ।

सुर्खेतमा आज (मंगलबार) पत्रकारसँग कुरागर्दै गजुरेलले संघीयताको विरोधमा स्थानीय निर्वाचन गर्ने षड्यन्त्र गरेको बताए । ‘वर्तमान सरकारले संघीयता नचाहेकाले संविधान निर्माणभन्दा पहिला स्थानीय निकायको निर्वाचन गर्न लागिएको हो,’ उनले भने ।

उनले गाविस र जिविसको क्षेत्राधिकार कति हुने भन्ने संविधानमै उल्लेख हुने भए पनि पहिले नै स्थानीय निकायको निर्वाचन गर्ने तयारीले शङ्का उब्जिएको बताए ।

एक फरक सन्दर्भमा उपाध्यक्ष गजुरेलले एमाओवादीसँग अहिलेको अवस्थामा एकता हुनै नसक्ने बताए । ‘हामीसँग एमाओवादीको कार्यदिशा अलिकति पनि मिल्दैन,’ उनले भने, ‘एमाओवादीसँग पार्टी एकता कसरी हुन्छ ?’

प्रतिक्रिया
सम्बन्धित खवर

लमजुङ। गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले डुम्रे–बेँसीसहर सडक र बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । डुम्रे बेँसीसहर सडक

काठमाडौं विमानस्थलममा आईएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मंगलबार देशका

काठमाडौँ । एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निणर्य गरेको छ

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा