पेट्रोलियम पदार्थको अभाव

२ बैशाख २०७१, मंगलवार १७:१९ मा प्रकाशित


काठमाडौं, २ वैशाख । भारतीय आयल निगम (आइओसी)लाई बक्यौता रकम समयमै भुक्तानी नहुँदा बजारमा पेट्रोलियम पदार्थको अभाव भएको छ ।
नेपाल आयल निगम(एनओसी)ले (आइओसी)लाई गत फेब्रुअरीदेखि यता पाँच अर्ब बक्यौता भुक्तानी गर्न बाँकी छ ।
नेपाल सरकारसँग आइओसीलाई तीर्न बाँकी बक्यौता रकम उपलब्ध गराइदिन अनुरोध गर्दा पनि त्यसको सुनुवाइ नुहुँदा समस्या भएको बताइएको छ ।
निगमले आज (मंगलबार) पनि वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आइओसीलाई तीर्न पर्ने रकम र आयात भएको पेट्रोलियम पदार्थका सम्बन्धमा जानकारी गराएको निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले जानकारी दिए ।
उनका अनुसार आइओसीले कटौती गरेको तेलको मात्रालाई पूर्ति गर्न निगमसँग मौज्दातबाट वितरण गर्न शुरु गरिएको छ ।

निगमसँग ३४ हाजार किलोलिटर पेट्रोलियम पदार्थ घटेर आजको दिनसम्म २७ हजार किलोलिटरमा बाँकी रहेको छ ।
आइओसीले निरन्तर कटौतीलाई कायम राख्ने हो भने निगमसँग बाँकी रहेको मौज्दातले धेरै दिन धान्न सक्ने अवस्था छैन ।
प्रवक्ता घिमिरले रक्सौलबाट दैनिक दुई हजार ४०० किलोलिटर पेट्रोलियम पदार्थ आउनुपर्नेमा केही दिनयता एक हजार ७०० मात्र नेपाल भित्रिएको जानकारी दिए ।
निगमले बारम्बार अनुरोध गरेपछि आज भने एक हजार ९०० किलोलिटर पेट्रोलियम पदार्थ आएको बताउनुभयो । यो अवस्था निरन्तर अरु केही दिनसम्म कायम रहेमा थप समस्या सिर्जना हुने प्रवक्ता घिमिरेको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।