मधेसी सूचीकरणबाट हटाउन थारु समुदायको माग

२ बैशाख २०७१, मंगलवार १४:५८ मा प्रकाशित

काठमाडौं, २ वैशाख । थारु संयुक्त संघर्ष समितिले तराईका थारु समुदायलाई मधेसीको सूचीमा राखेकोमा पुनः विरोध गरेको छ ।

काठमाडौंम आज (मंगलबार) पत्रकार सम्मेलन गरेर समितिले आफूहरु मधेसी नरहेको जनाएको हो । समितिले आफ्ना हक अधिकार र पहिचानका लागि जस्तोसुकै आन्दोलनमा जाने चेतावनी दिएको छ ।

थारु कल्याणकारी सभा, थारु राष्ट्रिय मुक्ति मोर्चा, नेपाल लोकतान्त्रिक थारु संघ, थरुहट तराई पार्टी नेपाल, थारु विद्यार्थी समाज, नेपाल लोकतान्त्रिक समाजवादी दललागयत विभिन्न १४ संघ–संस्थाले मधेसीको सूचीबाट तत्काल हटाउन माग गरेका हुन् ।

संविधानसभा निर्वाचन विधेयक, संविधानसभा, व्यवस्थापिका संसदको २०७० चैत ११ गतेको बैठकबाट मधेसीमा सूचीकरण गरिएको र अन्य कानुनमा तराईका आदिवासी जनजातिहरुलाई मधेसी समुदायअन्तर्गत राखिएको संयुक्त संघर्ष समितिको आरोप छ ।

आदिवासी थारु कानुनव्यवसायी समाजका अध्यक्ष महेश्वर चौधरीले स्वतन्त्र पहिचान, हैसियत, संस्कृति र भाषा भएका जातीय समुदायको पहिचान समाप्त पार्न कानुनमार्फत लोकतान्त्रिक मूल्य र मान्यता विपरीत गलत काम गरिएकोे बताए ।

समितिका संयोजक चन्द्रकुमार थारुले नेपालको अन्तरिम संविधान २०६३ ले थरुहट तराईलाई मधेसी समुदायका नाममा मधेस नामकरणका गरिएपछि तराईका थारु, धिमाल, राजवंशी, दनुवार, ताजपुरिया, गन्गाई, सन्थाल, धानुक र उरावलगायत आदिवासी जनजातिको पहिचान समाप्त पारेको बताए ।

सरकारले विगतमा पनि गलत निर्णय सच्चाउने लिखित सहमति कार्यान्वयन नगरी उल्टै निर्वाचन विधेयकले आफूहरुलाई उपेक्षा गरेको उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो

काठमाडौं।देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न