‘प्रधानमन्त्री कोइराला बिरुद्ध अपहरणको मुद्दा चलाउँछौं’

२ बैशाख २०७१, मंगलवार १४:३२ मा प्रकाशित

धम्किकै भरमा हत्या अपराधका मुद्दा फिर्ता लिन हुँदैन


काठमाडौ, २ वैशाख । एमाओवादीका नेता टोपबहादुर रायमाझीले प्रधानमन्त्री सुशील काइरालालाई विमान अपहरण काण्डमा अन्तर्राष्ट्रिय अदातमा मुद्दा दायर गर्ने बताएका छन् ।

काठमाडौंमा आज (मंगलबाaर) आयोजित कार्यक्रममा नेता रायमाझीले यथाअवस्था रहे प्रधानमन्त्री कोइराला विरुद्ध आफूहरु अन्तर्राष्ट्रिय अदालत जान सक्ने चेतावनी दिए । ‘कृष्णप्रसाद अधिकारी हत्या आरोपमा हाम्रा कार्यकर्ताहरु पक्राउ गरेर मुद्दा लगाउन पाईदैन,’ उनले भने, ‘विमान अपहरण गर्नेलाई कसरी छुट हुन्छ ।’

एमाओवादीका कार्यकर्ता माथि लगाईएको हत्या आरोप फिर्ता लिएर रिहा नगरे विमान अपहरणकाण्डमा प्रधानमन्त्री कोइराला विरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्ने उनको चेतावनी छ ।

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याकाण्डमा ११ जना माओवादी कार्यकर्ता पक्राउ परेका छन् । उनीहरुले तत्कालीन माओवादी नेतृत्वका निर्णय र आदेशमा अधिकारीको हत्या गरेको जनाएका छन् ।

‘२०३० सालमा भएको विमान अपहरण काण्डमा सुशील कोइराला, झापा आन्दोलनका बेला एमालेका नेताहरुले गरेको हत्या, राजा र राजका मतियार विरुद्ध पनि मुद्दा दायर गर्छौं,’ उनले भने । उनले विमान अपहरण र झापा आन्दोलनमा भएको हत्या अन्तर्राष्ट्रिय फौजदारी अपराध रहेको बताए ।

यद्यपि, विमान अपहरण काण्डमा मुछिएका कोइरालालाई भारीय अदालतले सफाई दिई सकेको छ । झापा हत्याकाण्ड पनि मिलाप भई सकेको छ ।

नेता रायमाझीले कांग्रेस र एमालेले ठूलो डिजाईन अनुसार पुराना मुद्दा ब्यूझाएको बताए । उनले हत्या आरोपका मुद्दा फिर्ता नलिए सरकारलाई समेत सडकबाट ढाल्ने बताए ।

उनले नेपालको न्यायपालिकामा आफूहरुको विश्वास नरहेको बताए । ‘यस्ता अदालतले गरेका निर्णयहरु हामीहरुलाई मान्य छैन,’ उनले भने ।

कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले एमामोवादीको धम्किबाट डराएर सरकारले कुनै पनि हालतमा मुद्दा फिर्ता लिन नहुने बताए । उनले कांग्रेसले खुट्टा कमाए लोकतन्त्र र विधिको शासनको मूल्य मान्यताबाट च्यूत हुने बताए ।

उनले सत्य निरुपण तथा मेलमिलाप आयोग नबन्दासम्म अदालतबाट यस्ता मुद्दामा कारवाही गर्नु पर्ने बताए । ‘कृष्ण अधिकारीका हत्यामा आरोपीहरुलाई कसुर अनुसारको सजय दिनै पर्छ,’ उनले भने ।

एमालेका नेता भीम रावलले एमाओवादीमा अझै पनि द्वन्द्वको धङ्धङ्गी कायम रहेको भन्दै धम्किको सरकारले कडा प्रतिवाद गर्नु पर्ने बताए ।

‘समस्या आएपछि समाधानका लागि वार्तामा पनि नबस्ने, अनि ठूला ठूला धम्कि दिने यस्तो चरित्र चल्दैन,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौँ । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले