सरकार बिरुद्ध एमाओवादी सडक संघर्षमा

२ बैशाख २०७१, मंगलवार ११:२१ मा प्रकाशित

काठमाडौं, २ वैशाख । द्वन्द्वकालीन घटना ब्यूताएको भन्दै आक्रोशित एमाओवादीले माग पुरा गराउन व्यवस्थपिका संसदको बैठक अबरुद्ध गर्ने निर्णय गरेको छ ।

पार्टी मुख्यालय कोटेश्वरमा आज (मंगलबार) बसेको पूर्व पदाधिकारीहरुको बैठकले द्वन्द्वकालीन विषयलाई लिएर लगाईएका मुद्दा फिर्ता माग गरेको हो । बैठकले फुजेल प्रकरणमा पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाई माग पनि गरेको छ ।

एमाओवादीले पक्राउ परेका कार्यकर्ताको रिहाई र मुद्दा फिर्ता लिन माग गरेर सदन चल्न नदिने निर्णय गरेको छ । बुधबार बस्ने संसदीय दलको बैठकले सदन चल्न नदिने औपचारिक निर्णय गर्ने पूर्व महासचिव पोष्टबहादुर बोगटीले जानकारी दिए । माग पुरा नहुँदा सम्म उनले सरकारले बोलाउन कुनै पनि वार्तामा नजाने बताए ।

‘द्वन्द्वकालीन विषय उठाएर हाम्रा कार्यकतालाई झुठ्ठा मुद्दा लगाईएको छ,’ उनले भने, ‘विस्तृत शान्ति सम्झौता विपरितका कार्य तत्काल बन्द गर्नु पर्छ ।’ उनले पक्राउ परेका कार्यकर्ता रिहाइ र मुद्दा फिर्ता लिन दबाव दिन आन्दोलनका कार्यक्रम पनि सार्वजनिक भएको बताए ।

सरकारलाई दबाव दिनकै लागि एमाओवादीले सडक आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ । निर्णय अनुसार आज (मंगलबार) चितवनमा कोण सभा हुने छ । भोलि बुधबार गोरखा र विहीबार मुलुक भरि कोण सभा गरिने बोगटीले बताए ।

नेता तथा कार्यकर्तालाई दुःख दिएको आरोप लगाएको एमाओवादीले सरकार बिरुद्ध कडा रवैया अपनाएको हो । एमाओवादीको आन्दोलन र सदन चल्न नदिने चेतावनी पछि कांग्रेस र एमालेलाई असहज भएको छ ।

गोरखाको फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा नेता तथा कार्यक्रम पक्राउ परी अदालतमा मुद्दा दायर भए पछि एमाओवादी आक्रोशित भएको हो । उसले मुद्दा तत्काल फिर्ता लिन माग दोहराउँदै आएको छ ।

फुजेल प्रकरणलाई लिएर एमाओवादीले तीन दलका शीर्ष नेताहरुको बैठक बहिष्कार समेत गरिसकेको छ । उसले कांग्रेस र एमालेसँग वार्ता पनि नगर्ने जनाई सकेको छ ।

यसैबीच, एमाओवादीले आफ्नो राष्ट्रिय सम्मेलन विराटनगरमा गर्ने निर्णय गरेको छ । एमाओवादीको संगठन विभागको प्रस्तावलाई पूर्व पदाधिकारीहरुको बैठकले अनुमोदन गरेको हो । सम्मेलन आगामी मे–१ तरिखका दिन हुने छ ।

सम्मेलनमा भावी कार्ययोजना र सांगठनिक संरचनालगायतका विषयमा छलफल हुने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार