दलित समूहबीच छुवाछूतको विषयमा विवाद हुँदा युवकको मृत्यु

२ बैशाख २०७१, मंगलवार ११:१० मा प्रकाशित


पर्वत, २ वैशाख । पर्वतमा दलित समुदायका दुई जातिबीच छुवाछूतको विषयमा झडप हुँदा एक युवकको मृत्यु भएको छ ।

भोज खाने क्रममा छुवाछूतको विषयमा पाङ्ग–२, कुनाचौरमा दलित जातिका कामी र सार्की समूहबीच झडप भएको हो । झडपमा घाइते स्थानीय राजेश नेपालीको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

घटनामा संलग्नलाई प्रहरीले सार्वजनिक अपराधमा मुद्दा दायर गरी अनुसन्धान शुरु गरेको जनाएको छ । मृतकका परिवारले ६ जनाविरुद्ध किटानी जाहेरी दिएको प्रहरी निरीक्षक जगतबन्धु पोखरेलले जानकारी दिए ।

कामी जातिले सार्की जातिलाई तल्लो जात भन्दै छोएको नखाएपछि बिवाद भई झडप भएको निरीक्षक पोखरेलले बताए । सो झडपमा १५ जनाभन्दा बढी घाइते भएका छन् ।

कुनाचौरका चन्द्रबहादुर विकका छोरा रामकृष्णको व्रतबन्ध भोजमा सार्की समुदायका निम्तालुलाई तल्लो जातको भन्दै छोइछिटो गरिए पछि विवाद भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो

काठमाडौं।देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न