दलहरुद्वारा सहमतिको नयाँ ब्रेक थ्रु; भट्टराई सरकारले संबिधान जारि गर्ने, काँग्रेसले चुनाबी सराकारको नेतृत्व

२० बैशाख २०६९, बुधबार २३:०० मा प्रकाशित

काठमाडौं, २० वैशाख । संविधान निर्माण र राष्ट्रिय सहमतिको सरकारबारे बिहीबार लिखित सम्झौता गर्ने गरि भट्टराई सरकारले संबिधान जारि गर्ने, काँग्रेसले चुनाबी सराकारको नेतृत्व गर्ने नयाँ ब्रेक थ्रु; सहमति गरेका छन् ।

राजधानीमा बुधबार रातिसम्म बसेको शीर्ष बैठकमा नयाँ संविधानका लागि राष्ट्रिय सहमतिको सरकारका बारेमा छलफल र अनौपचारिक सहमति भएको एमाले अध्यक्ष झलनाथ खनालले संचारकर्मीलाई बताएका छन् । दलका प्रमुख नेताहरुले नयाँ संविधानका बिवादित विषयलगायतलाई प्याकेजमा निकास खोज्ने नेताहरुको भनाई छ ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै खनालले बिहीबार पुनः हुने छलफलबाट राष्ट्रिय सहमतिको सरकारलगायतका विषय टुङगाउने बताए । उनले भने, ‘राष्ट्रिय सहमतिको सरकारको विषय बिहीबारटुङगिन्छ ।’
कांग्रेस महामन्त्री कृष्ण सिटौलाले समग्र विषयमा छलफल भएको भन्दै बिहीबार एक वजे बस्ने बैठकले सबै विषय टुङगाउने दाबी गरेर । यद्यपि उनले थप केही बताउन मानेन् ।
संविधानका बिवादित विषय राज्य पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली, नागरिकताका साथै राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा प्याकेजमा सहमति खोज्न छलफल गर्दै आएका दलहरुले राष्ट्रिय सरकार बनाउने वा नबनाउने भन्ने विषयमा बिहीबार सम्म टुङगो लाग्ने दाबी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार