पाँच वर्षपछि राजधानीका सबै सडक ८ लेनका

२ बैशाख २०७१, मंगलवार ०७:१० मा प्रकाशित

काठमाडौं, २ वैशाख । सरकारले लिएको लक्ष्यअनुसार काम सम्पन्न हुने हो भने आगामी ५ वर्षभित्रै काठमाडौं उपत्यकाको मुहार फेरिने छ ।

त्यतिबेलासम्म हाल जारी सडक विस्तार सम्पन्न भई ८ लेनको हुनेछ भने मेलम्चीबाट राजधानीका घरघरमा चौबीसै घन्टा पानी आउनेछ । त्यही पानीले बागमती र विष्णुमती सफा हुनेछन् ।

बागमती, विष्णुमती, मनोहरा, धोबीखोलालगायत अन्य साना खोला सफा भइ वरिपरि ठूला-ठूला रुख, सुन्दर बगैंचा, साइकल लेन, फुटपाथ, फुटबल ग्राउन्डलगायत पूर्वाधार निर्माण हुनेछन् । यी सबैका लागि ठेक्का सम्झौता भइ काम सुरु भएको सहरी विकास मन्त्रालयका सचिव किशोर थापले बताए ।

‘सरकारले फोहोर पानी प्रशोधनका लागि मात्रै १३ अर्ब रुपैयाँ छुट्याएको छ,’ उनले भने, ‘अहिले बागमतीमा बागमती सुधार आयोजनाले काम सुरु गरे पनि मनोहरा, विष्णुमतीलगायत नदीमा ढल प्रशोधन केन्द्र बनाएर प्रशोधित पानीमात्र नदीमा बगाइनेछ ।’

उपत्यकाको ढल प्रणाली सुधार र ढल प्रशोधन केन्द्र निर्माणका लागि परामर्शदाता छनोट भई डिजाइन कार्य सुरु भइसकेको सचिव थापा बताउँछन् । एसियाली विकास बैंक एडीबीको सहयोगमा निर्माण सुरु भएको ढल प्रशोधनको काम सन् २०१९ सम्म सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भइसकेको छ । कारोवार दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार